
२०८१ पौष २२ गते , पोखरा मिति २०८०।१२।२३ र २४ गते पोखरा राईडर्स क्लबको आयोजनामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २३ बाम्दी स्थितमा संचालन भएको “पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४” खेलमा दर्ता शुल्क बापत रु.१७,०००।– समेत प्रत्येक खेलाडीबाट बुझी लिई सहभागी खेलाडीहरु मध्येबाट प्रथम हुने खेलाडीलाई दिने भनि घोषणा गरेको रु.१,५०,०००।– (एक लाख पचास हजार) नदिई सम्पर्क विहिन भएको भनी यस कार्यालयमा जाहेरी दरखास्त दिए पश्चात यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०९।२१ गते जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.६ लेकसाईड स्थितबाट उक्त खेल संचालक तथा निर्देशक जिल्ला अछाम सिउडी गा.पा. वडा नं. १ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ जरेबर बस्ने वर्ष ३१ को जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ प्रस्याङ बस्ने वर्ष २९ को सोनिक क्षेत्रीलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाटठगी सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको

