पोखरा, २१ पुस । गुरुको ६ बर्ष ६ महिना ६ दिनको तपस्या पछि करिब १३ ,१४ बर्ष पछि स्थापना भएको बोधि श्रवण धर्म संघ नेपाल को आयोजना मा यहि पौष २४ गते देखि २६ गते सम्म पोखरा म.न.पा.-९ स्थित प्रदर्शनी मार्ग पोखरा ,कास्की मा शान्तिको लागि मैत्रीपूर्ण दिप प्रज्वलन गर्ने भएको बोधि श्रवण धर्म संघ नेपाल का केन्द्रिय अध्यक्ष श्री निल बहादुर थिङ्ग ले जानकारी गराउनु भएको छ। संसारमा जतिपनि मानव जगत , प्राणिहरु ,वन वनस्पतिहरु दुषित बातावरण मा फस्न नपरोस ,मानव जगत , प्राणिहरु ,वन वनस्पतिहरुलाइ शान्तिमिलोस , संसारमा कयौं कल्प कल्प देखि भौंतारिरहेका आत्माहरुलाइ शान्ति मिलोस र मोक्ष प्राप्ति होस भन्ने हेतुले यो कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष ले बताउनु भएको थियो। सर्वोध हुनु सर्वज्ञान ले युक्त हुनु ,भगवान मार्ग ,यहि मार्ग हुँदै सम्पूर्ण ज्ञान गुन प्राप्त भयपछि गुरुले पाउनु भएको गुरु धर्म संघ हो। सम्पूर्ण जगत प्राणिको कल्याणको लागि सुख शान्तिको लागि विहान ५ बजेदखि पुजा पाठ साँझ ५ बजेसम्म पुजा आराधाना गरिने भएको छ। यो मैत्री कल्प नै सत्य सत्य कल्प हो। यो कार्यक्रम को खर्च करिब ४० देखि ५० लाख अनुमान गरियको छ भने यकै दिनमा करिब १० दखि २० हजार भन्दा बढी दिप प्रज्वलन हुने ,यहि पौष २२ गते बिहान ८ बजेदेखि ९ बजेभित्र खालि खुट्टामा मैत्री पद यात्रा गर्ने भएको र २३ गते शान्ति पदयात्रा २,३ घण्टा हुने अध्यक्ष निल बहादुर थिङ्ग ले जानकारी गराउनु भएको थियो। अध्यक्ष निल बहादुर थिङ्ग ले “एक झण्डा एक भाषा ,एक धर्म ” नै बोधी मार्ग दर्शन को वाणी हो भन्नु भएको थियो।

