पोखरा ,माघ २२ गते

पोखरा मा आयोजना हुन् लागेको “गण्डकी कोटिहोम महायज्ञ ” संचालन का लागि पोखरा महानगरपालिका ले रोक लगाएको छ।

मानव सेवा फाउन्डेसन ,नेपाल को आयोजना मा पोखरा हुन् लागेको   “गण्डकी कोटिहोम महायज्ञ ”  संचालन का लागि पोखरा महानगरपालिका ले रोक लगाएको  मानव सेवा फाउन्डेसन ,नेपालका व्यबस्थापक लेख राज ढकाल ले राइज अफ वर्ल्ड डट कम अनलाइन लाइ बताउनु भएको छ ।पोखरा आँफैमा सुन्दर नगरी  पर्यटन को राजधानी शहर मानिने  पोखरा मा ,पहिलो पटक सबै भन्दा ठुलो “गण्डकी कोटिहोम महायज्ञ  ” आयोजना गर्न लाग्दा पोखरा महानगरपालिका ले अनुमति  दिएको छैन।

जिल्ला प्रशासन कार्यालय पोखरा कास्कीले महायज्ञ को लागि आवश्यक शान्ति सुरक्षाका लागि अनुमति प्रदान गरिसकेको छ  ,पर्यटन ,उधोग ,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा ले महायज्ञ को लागि जग्गा उपलब्ध गराइदिने सहमति  दिईसकेको छ , नेपाल ट्रस्टको कार्यलय कमलादी ,काठमाडौँ  ले ४८ रोपनी जग्गा महायज्ञ को लागि भाडामा दिने सहमति दिईसकेको छ ,पोखरा महानगरपालिका वडा न ६ को कार्यालयले पनि अनुमति दिई  मानव सेवा फाउन्डेसन नेपाल ले  रु ३३,८७६ ( रु तेत्तिस हजार आठ सय छयात्तर रुपैयाँ  “गण्डकी कोटिहोम महायज्ञ ” का लागि बाहल कर राजस्व भनि  ,पोखरा महानगरपालिका वडा न ६ को कार्यालयलाइ  तिरी सकेको छ।  तर पनि  पोखरा महानगरपालिका ले   “गण्डकी कोटिहोम महायज्ञ ” लाइ रोक लगाएको दावी आयोजक को भनाइ  छ। पर्यटक को मुख्य रोजाइ भएको पर्यटन को राजधानी शहर पोखरा मा  “गण्डकी कोटिहोम महायज्ञ ” आयोजन गरि अध्यात्मिक चेतनाका लागि गाउँ गाउँमा शन्देश पुगोस ,जन-जन मा  आत्मिक पवित्रता एवं शान्ति प्राप्ति होस् , पोखरा मा पर्यटकहरु धेरै मात्रा मा आउन, पर्यटकहरु लामो समय सम्म पोखरा मा आडिउन ,महायज्ञ मा उठेको रकम अनाथ बालबालिकाहरु ,वृद्ध -वृद्धाहरुलाई सहयोग पुगोस भन्ने हेतुले आयोजना गर्न लागेको यस्तो पवित्र कार्यमा पोखरा महानगरपालिका ले महायज्ञ संचालनको लागि अनुमति दिएको छैन ? आखिर किन महानगरपालिका ले महायज्ञलाइ रोक लगाएको ? रोक बिरुद्द पोख्रेली जनता ले यो आवाज बुलन्द गर्नु जरुरि छ ?पोखरा मा रहेका धार्मिक तथा अन्य ,सामाजिक संघ संस्थाहरुले यो विषयलाई गम्भीरताको साथ लाग्नु पर्ने हुन्छ।  मिडिया जगत ले महानगरप्रतिको यो व्यबहार लाइ  घोर बिरोध जनाई कलम चलाउनु आबश्यक छ।  पोख्रेली जनताको भविष्य , यहाँ को पर्यटन र पर्यटक संग  जोडीयको छ, पोखरा मा हुने जतिपनि कार्यक्रमहोस् सबै पोखराको भविष्य बन्न को लागि नै हो।

महानगर को यो रोक लाइ प्रत्येक सचेत नागरिक ले आबाज दिनुपर्ने हुन्छ , हामि चाहान्छौं पोखरा मा यस्ता महायज्ञ या अन्य कार्यक्रमहरु प्रशस्त मात्रामा भैरहुन , आन्तरिक तथा बाहयपर्यटकहरु पोखरा मा भित्रिउन ,उनीहरुको बसाइ पोखरा मा लामो रहोस ,तर पोखरा महानगरपालिका को यस्तो अहमता ले पोखरा समृद्व बन्न सक्दैन र पोख्रेलीजनता खुशी रहन सक्दैनन ,सबै तहबाट कोटिहोम आयोजना गर्नका लागि सहमति दिने तर महानगरपालिका ले मात्रै रोक लगाउने , यस्तो अपरिपक्क  व्यबहार , विश्व शान्ति प्रति अघोर बाधक , अनाथाबालाबालिकाहरुको संरक्षण प्रतिको प्रतिशोध ,पर्यटन क्षेत्रकै प्रगति प्रतिको आघात , जन-जन मा  आत्मिक पवित्रता एवं शान्ति प्राप्तिको बाधक बन्नुको तात्पर्यता आखिर के हो ? यस्मा व्यक्ति विशेषको चलखेल छ कि समग्र महानगरपालिका कै चलखेल हो ? यस्तो पुण्य कार्य , पोखरा जस्तो पवित्र भूमिमा संचालन हुनु भनेको  पोखराले आध्यात्मिक पर्यटक पाउनु हो ,पोखरा महानगरपालिका ले अनुमति दिए पश्चात मानव सेवा फाउन्डेसन ,नेपाल ले वाराहीघाट लेकसाइड मा ४८ रोपनी र हलनचोक क्याम्पिङ्ग मा ५५ रोपनी जग्गा भाडा मा लिई २०८१ चैत्र १७ गते बाट राम कथा भजन प्रतियोगिता शुरु गरि २०८२ बैशाख ५ गते बाट   प्रवचन शुरु गर्ने  र  २०८२ सालको बैशाख १७ गते देखि कोटिहोम संचालन गर्ने  छ । प्रवचन गर्ने वाचकहरु मा दिन बन्धु पोख्रेल ,राधिका दाशी ,देवी प्रतिभा चंद्र्काल सखी ,कमल नयन गौतम र बाल वाचिका अनुराधा पाण्डे रहनुहुने भएको  र २०८२ साल जेठ २६ गते सबै कार्यक्रम समापन हुने भएको आयोज को भनाइ छ। सय कुण्डिम कोटिहोम   गायत्री मन्त्र द्वारा ३०० जना गुरु ब्रहमाण हरुले होम गर्नुहुने  भएको छ। मानव सेवा फाउन्डेसन ,नेपाल को शाखा कार्यालयहरु पोखरा ,काठमाडौँ,ललितपुर , भक्तपुर मा रहेको र गत पुष २७ गते अनाथालय भबन ,बृद्धआश्रम गरि दुइ वटा भवनहरु पनि सिल्यान्यास भैसकेको आयोजक ले जनाएको छ।  मानव सेवा फाउन्डेसन ,नेपाल ले ८४ जना अनाथ बालबालिकाहरु को गाँस ,बास ,स्वास्थ्य ,शिक्षा सम्पूर्ण हेरिरहेको , १५ जना बृद्धहरुका लागि गाँस ,बास ,स्वास्थ्य हेरविचार गरिरहेको,जाजरकोट मा भुकम्प बाट आमा बुबा आफन्त  गुमाएका बालबालिकाहरुलाइ हेरचाह  गरिरहेको र यस्तो पुण्य कार्य मा पोख्रेली जनताको साथ र सहयोग को अपेक्षा माग व्यबस्थापक लेखराज ढकाल गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0