Home Top-Headline अभिभावक शिक्षा- प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०८१ सम्पन्न

अभिभावक शिक्षा- प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०८१ सम्पन्न

0
पोखरा ,फागुन , २ गते
गण्डकी प्रदेश सरकार ,सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय,पोखरा द्वारा आयोजना गरिएको अभिभावक शिक्षा- प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०८१ फागुन २ गते , होटल दिप सागर, न्यूरोड पोखरा मा सप्पन्न भएको छ ।कार्यक्रम संचालन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय का अधिकृत शुशिला अधिकारी ले गर्नु भएको थियो। कार्यक्रम मा गण्डकी प्रदेशका ६४ वटा स्थानीय तहहरु बाट  शिक्षा शाखा अन्तर्गतका विभिन्न प्रशिक्षण लिएको शिक्षा शास्त्रमा स्नातकोत्तर उतिर्ण वा स्नातकोत्तर उत्तीर्ण निवृत्त शिक्षा सेवाको अधिकृत स्तरको १५३ जना शिक्षक कर्मचारीहरुले  सहभागी जनाउनु भएको थियो। कार्यक्रम को अध्यक्षता गर्नु भएका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय,पोखरा का उप-सचीव  तोयानाथ लम्साल ले हामिले शिक्षा मा अभ्यास गरिरहएका नै छौं , प्रदेश सरकार ले नीति तथा कार्यक्रम ल्याउदै गर्दा प्रदेश सरकारले ,
सहजीकरणलाई बढी जोड  दियोस , आजको कार्यक्रम बजेट मुखी भन्दा सहभागी मुखी नै भएको र  हाम्रो बजेट लिमिट गरेर यो कार्यक्रम गर्न खोजीएको हो । संधै बजेट र कार्यक्रम हुने तर कार्यन्वयन नहुने भएकोले शिक्षा क्षेत्रमा खारीएर रहनु भएका सरहरुले अभिवाक शिक्षा र प्रशिक्षक प्रशिक्षण कार्यक्रम मा झुकाव दिनु जरुरी रहेको छ ।गण्डकी प्रदेश लाई  साक्षर प्रदेश घोषणा गरिसकेका छौं , तर पनि अभिवाकहरु अझै सन्तुष्टि रहन सकेका छैनन भनी बताउनु भएको थियो। स्थानिय स्रोत , स्थानिय साधन र स्थानीय जनशक्तिको प्रयोग गरेर , अलिकति चेन्ज गरेर लैजाने भनी यो कार्यक्रम गरिएको हो , तोयानाथ लम्साल ले अहिले  अभिभावक शिक्षाको लागि ९० लाख बजेट रहेको पनि बताउनु भयो। हामी भित्रै भएको नेतृत्व , हामी भित्रै भएको उत्कृष्ट योजना लाई सहकार्य गरेर जानू पर्ने मा जोड दिनु भयो । तपाईं हामिलाइ सबै स्थानीय तहले चिनोस सबै शिक्षकहरुले हामिलाइ चिनुन, सबै अभिवाकहरुले चिनुन भन्ने मा हाम्रो योजना हुनुपर्ने मा जोड दिनु भएको छ। प्रशिक्षणका समग्र विषय  अन्तर्गत ,  अभिभाबकहरुलाइ स्वस्थ्य पोषण सङग सम्बन्धित सिकाउन , सकारात्मक प्रेरणा दिने कुराहरु , मा जोड दिनु पर्ने बताउनु भएको छ। केही हाम्रा सामाजिक बिकास कार्यलयहरुले  बाल दिवस को अबसर मा , राम्रो काम गर्नु भएको छ , जस्तो पन्चे  बाजा competition मा पुरस्कृत  भएका छन जस्ले गर्दा बालबालिका को प्रतिभा प्रस्फुटन भएको छ, यस्तो कार्यक्रम गर्नु राम्रो भएको बताउनु भएको छ। लम्साल ले शिक्षक र अभिभाबक विचको सम्बन्ध मात्रै राम्रो हुने हो भने
असल नागरिक को परिचय बन्न सक्ने छ भनी बताउनु भएको थियो।  शिक्षा महाशाखा निर्देशनालय का महानिर्देशक  अम्बिका प्रसाद आचार्य ले अहिलेको युग सुहाउँदो अभिभावक बन्नको निमित्त अभिभाबकहरुलाइ काउन्सिल को जरुरी रहेको बताउनु भएको थियो।हामिले कसरी अभिभाबकहरुलाइ बालबालिकाहरुको स्वस्थ पोषण मा ध्यान दिनुपर्ने मा जोड दिनु जरुरी रहेको औंल्याउनु भएको थियो।अहिलेको शिक्षाको पाटाेमा कमजोर देखीएको भनेकै अभिभाबक शिक्षा नै हो , हाम्रो गण्डकी प्रदेश भन्दा धेरै बजेट भएका प्रदेश्हरुले न्यून काम पनि नगरेको भन्दै रुख को जरा मा पानी समेत नहालेको उदाहरण दिनुभएको थियो। विधालय , अभिभाबक र विधार्थी अन्र्तसम्बन्ध अन्तर्गत माछापुच्छ्रे मावी भुर्जुङ्खोला का प्र अ : सन्तोष आचार्य ले , परिक्षाको समयमा खेलकुद को कार्यक्रम गर्न नलगाउने हुने पर्दछ, पौडि खेल्न , पन्चे बाजा , सिलाइ बुनाइ सीप , म्युजिक सम्बन्धि कार्यक्रममा मा बालबालिका / विधार्थिहरुलाइ जोड दिनुपर्ने मा जोड दिनु भयो। अभिभाबकहरुले बालबालिका लाई आदर / सत्कार गर्न सिकाउने  , खाना पकाउन सिकाउन , बाल बचत  गर्न सिकाउने, इमेल , ईन्टरनेट सहि ढंगबाट चलाउन प्रोत्साहन गर्ने  र अभिभाबकहरुले दिन दिनै  आफ्ना विधार्थीहरुको गृह कार्य गरे नगरेको चेक गर्ने प्रोत्साहन गर्नु पर्ने हुन्छ, त्यस्तै गरेर अभिभाबकहरु आफ्नो बाबू नानिहरुको स्कुल मा स्कुल ले निमन्त्रणा गरेको समयमा आउनु भयो भने अभिभाबक र स्कुल सङग सम्बन्ध गाढा हुने र  आफ्ना विधार्थिहरुको activities सजिलै जानकारी लिन पनि सकिने आचार्य ले बताउनु भएको थियो। स्वास्थ्य सम्बन्धी विषय अन्तर्गत स्वास्थ्य मन्त्रालय को जनस्वास्थ्य अधिकृत शिक्षा अधिकारी ले बालबालिकाहरुको प्रारम्भिक बाल्यकाल र किशोर अबस्थामा मा , पारिबारिक environment राम्रो राख्नु पर्ने हुन्छ, धूम्रपान र मधपान बाट बालबालिकालाई टाढा राख्नु पर्ने हुन्छ, खोप समयमा नै दिनुपर्ने हुन्छ, प्रजनन स्वस्थ्य सम्बन्धी मा बढी ध्यान दिदै आफ्ना बालबालिकाहरुको मानसिक स्वास्थमा ध्यान दिनु पर्ने छ , बालबालिकाहरुलाइ शुद्ध खानेकुरा , पोषण युक्त खानेकुराहरु खुवाउनु पर्ने हुन्छ , सन्तुलित आहारा मा आफना बालबालिकाहरुलाइ ध्यान दिनु पर्ने हुन्छ, आफ्नो किशोरी -किशोरी बालबालिकाहरुको प्रारम्भिक अपांगता पत्ता लगाउने पनि  जरुरी रहेको उनले बताएकि छिन ।
गण्डकी प्रदेश सरकार ,सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय,पोखरा का माननीय मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रको लागि आगामी दिन मा नयाँ बजेट को थालनी गर्दा बजेट को आकार कस्तो बनाउन सकिन्छ भन्न्ने मा तपाईंहरुको सुझाव को आबश्यकता औंल्याउनु भएको थियो। अभिभावक शिक्षा- प्रशिक्षक प्रशिक्षण कार्यक्रम ले हाम्रा नानी बाबुहरु लाई कसरी संस्कारी बनाउन सकिन्छ, कसरी उनिहरुलाइ नैतिक शिक्षा दिन  सकिन्छ यी कुरालाइ जोड दिन को निमित्त  अभिभाबकहरुल बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ ।अभिभावक शिक्षा- प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०८१ पहिलो पटक गर्न लागीएको छ , यो प्रशिक्षक प्रशिक्षण ले विधार्थिहरु को पक्कै पनि विधालयप्रती आकर्षण बढने महसुस गर्नुभएको थियो। प्ल्स २ पाश गरेपछि विदेश जाने लहर लाई कम गर्न , आउने शिक्षा ए्न ले पक्कै पनि दिशा निर्देश गर्ने छ , जीवन उपयोगी शिक्षा , प्राविधिक शिक्षा , निशुल्क शिक्षा मा निशुल्क गर्न सक्ने विधालयलाइ निशुल्क गर्न दिने , नसक्नेलाई कम शुल्क मा संचालन गरेर , बिधालयप्रती आकर्षण बढाउने हाम्रो तयारी रहेको पनि उहाँले बताउनु भएको थियो।बिधालय यौटा मन्दिर हो , बिधालय मा राजनीतिक रंग देखिन पनि हुन्न , यस्ता गतिविधि लाई न्यूनीकरण गर्न का लागि अभिभावक शिक्षा बाट  आशा रहेको मन्त्री थापाले बताउनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here