
जिल्ला काठमाडौं,फागुन ,५ गते
काठमाडौं महानगरपालिका वडा नं. १७ क्षेत्रपाटी स्थित होटल Pristine अगाडी पार्किङ गरी राखेको ग १६ प १३२५ नं. को १६० CC को TVS अपाचे मोटरसाईकल मिति २०८१।१०।११ गते राती अ. २२:०० बजेको समयमा चोरी भएको भनी प्राप्त सूचनाको आधारमा अनुसन्धानको क्रममा निम्न व्यक्तिले उक्त मोटरसाईकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रदेश ३-०२-०१२ प ७३७३ नं. को नम्बर प्लेट सो मोटरसाईकलमा जडान गरी चलाउँदै आएको खुल्न आएकोले मिति २०८१।११।०२ गते अ. १९:३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १७ नयाँ बजारबाट निजलाई उक्त मोटरसाइकलसहित नियन्त्रणमा लिई सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पांच) को म्याद थप अनुमति लिई सो सम्बन्धमा अनुसन्धान भइरहेको ।
पक्राउ परेका प्रतिवादीः-
१. जिल्ला धादिङ गंगाजमुना गा.पा. वडा नं.९ बस्ने सुर्य बहादुर गुरुङको छोरा बर्ष २८ को सुरज गुरुङ ।
बरामद दशी:-
१. ईन्जिन नं. AE7KJ2190667, च्यासिस नं. MD637AE71JK93944 भएको रातो रंगको वास्तविक ग. १६ प १३२५ नम्बरको 160 CC को TVS अपाचे मोटरसाईकलमा प्रदेश ३-०२-०१२ प ७३७३ नं. को नम्वर I प्लेट परिवर्तन गरी जडान गरेको मोटरसाईकल – १ (एक) थान।
२. ऐ. को कालो रंगको हेल्मेट – १. (एक) थान ।
३. ऐ.को चावी – १ (एक) थान ।
सूचना अधिकारी प्र.उ. अपील राज बोहरा मो.नं. ९८५११२६९८३ जिल्ला प्रहरी परिसर, काठमाडौं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

