
भरतपुर ,चितवन फागुन १६ गते
देशभरका विभिन्न पालिकाका जनप्रतिनिधिहरू सिकाइ आदान-प्रदान तथा भरतपुर महानगरको उत्कृष्ट व्यवस्थापन प्रणाली अवलोकन गर्न यहाँ आउने क्रम बढ्दो छ। यसै सन्दर्भमा बिहीबार जुम्लाको सिन्जा गाउँपालिका र सिन्धुलीको घ्याङलेख गाउँपालिकाका सम्माननीय जनप्रतिनिधिहरू भरतपुर महानगरको भ्रमणमा भएको थियो ।
तथ्यांकअनुसार हरेक महिना देशभरका करिब एक दर्जन पालिकाका प्रतिनिधिहरू भरतपुर महानगरको विकास मोडल अध्ययन गर्न आउँछन्। मध्य नेपालको अग्रणी महानगर भरतपुर नेपाल प्रकृति तथा वित्त आयोगको मूल्याङ्कनमा पछिल्ला तीन वर्षदेखि लगातार ६ महानगरमध्ये प्रथम स्थानमा रहँदै आएको छ। यसले भरतपुर महानगरको दूरदृष्टिपूर्ण नेतृत्व, सुशासन र विकासप्रति प्रतिबद्धतालाई थप उजागर गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

