मिति २०८१/११/१४ गते अं. १७:३० बजे अस्थायी प्रहरी विट, गुम्बा बालाजुबाट खटिएको प्रहरी टोलीले महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आएका श्रद्धालु भक्तजनहरुको मोवाइल चोरी गर्ने निम्न २ जना मानिसहरुलाई १० थान मोवाइल सहित का.म.न.पा १६ बालाजु बसन्तनगर गुम्बा नजिकबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाएकोमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट निजहरुको हकमा ऐ. १४ गतेबाटै लागु हुनेगरी दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । पक्राउ परेका व्यक्तिहरु:
१. जिल्ला गोरखा, गोरखा न.पा. ६ घर भई हाल का.म.न.पा. २६ गोंगबु बस्ने
वर्ष अ. ३१ को बिजय मगर ।
२. जिल्ला गोरखा, बारपाक गा.पा. ४ घर भई हाल का.म.न.पा २६ गोंगबु बस्ने
वर्ष अ. ३४ को अभिषेक गुरुङ ।
बरामद दसीहरुः
१. Vivo कम्पनीको मोवाइल थान – १(एक)
२. TECHNO POVA मोवाइल थान – १ (एक)
३. Hume कम्पनीको मोवाइल थान – १ (एक)
४. Huwai कम्पनीको मोवाइल थान -१ (एक)
५. Vivo कम्पनीको मोवाइल थान – १ (एक)
६. Redmi कम्पनीको मोवाइल थान – १ (एक)
७. Samsun कम्पनीको मोवाइल थान – १ (एक)
८. ACE कम्पनीको कालो रङको सादा मोवाइल थान – १ (एक)
मिति
:२०८१।११।१५
गते
९. LAVA कम्पनीलो रातो रङको सादा मोवाइल थान – १ (एक)
१०. Itel कम्पनीको मोवाइल थान – १ (एक)
११. नगद रु. ४,०००/- (चार हजार)
१२. पछाडी भिर्ने कालो रङको झोला थान – १ (एक)

