
काठमाडौं,
मिति २०८१-११-१७ गते जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारीको प्रमुख आतिथ्यतामा परिसर काठमाडौं मातहत रहेका प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थितिमा ‘Operation 9 And Workstreams’ विषयक १ दिने कार्याशाला गोष्ठी परिसरको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्याशाला गोष्ठीमा परिसर मातहत रहेका प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो जिम्मेवार क्षेत्रभित्रको शान्ति सुरक्षाको अवस्थिति बारेमा जानकारी गराउनु भएको थियो भने परिसर प्रमुख प्र.व.उ. विश्व अधिकारीले ‘One Team – One Theme’ को मुलमन्त्रलाई आत्मसात् गर्दै व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्नको लागि निर्देशन दिनुभएको छ ।
सो क्रममा उहाँले प्रहरीले व्यावसायिक निष्ठालाई पछ्याउँदै शान्ति सुरक्षासँग सम्वद्ध सरोकारवाला व्यक्ति/निकाय/संस्थासँगको सहकार्यमा समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम गरी जनधनको रक्षा गर्नको लागि प्रहरी सेवा प्रवाह गर्नु नै Operation 9 (NINE: Nurturing Integrity – Networked Enforcement) को आधारभुत अवधारणा भएकोले यसलाई आत्मसात् गर्दै कानुन कार्यान्वयन गर्नको लागि समेत निर्देशन दिनुभयो ।
“सुरक्षित उपत्यका”का लागि ल्याईएको यस नयाँ अवधारणाले व्यावसायिक निष्ठापुर्वक प्रहरी सेवा प्रवाह गरी अपराध गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सम्वद्ध सरोकारवाला व्यक्ति/संस्था/निकायहरुको सञ्जाल विस्तार गरी नेपाल प्रहरी संगठनको “सत्य, सेवा, सुरक्षणम्” को मुलमन्त्रलाई साकार पार्न समेत निर्देशन दिनुभयो ।
उपस्थित प्रहरी अधिकृतहरुलाई ‘Operation 9’ अन्तर्गत रहेको ९ वटा ‘Workstreams’ (१.प्रहरी सेवा प्रवाह, २.प्रहरी कारवाही, ३.अपराध अनुसन्धान, ४.मानव अधिकार, ५.प्रविधिमैत्री प्रहरी, ६.सामुदायिक प्रहरी, ७.कार्यालय व्यवस्थापन र कार्य वातावरण सुदृढीकरण, ८.स्रोत साधन व्यवस्थापन र ९.अन्वेषण तथा नवप्रवर्द्वनात्मक कार्य) का विषयमा परिसर काठमाडौंका प्र.ना.उ. सुन्दर तिवारीले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यशाला गोष्ठीमा परिसरका प्र.उ. अपील राज बोहरा र प्र.उ. कुलदिप चन्द , परिसर मातहत नगर प्रहरी कार्यालय काठमाडौंका प्रमुख, १४ वटा प्रहरी वृत्तका प्रमुख, परिसरका सिनियर प्रहरी अधिकृतहरु तथा प्रहरी प्रभाग एवं इ.प्र.का. का प्रमुख लगायत ४८ जनाको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

