
पोखरा फागुन, १९ गते
मिति २०८१।११।१८ गते अं.१५:३० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.०९ पृथ्वीचोक बसपार्क स्थितमा लागू औषधको कारोवार भई
रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध
नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको संयुक्त प्रहरी टोलि उक्त स्थानमा खटिई गई
शंकित व्यक्तिलाई चेकजाँच गर्ने क्रममा ऐ.ऐ वडा नं. १९ लामाचौर बस्ने वर्ष ३७ को उत्तम
भुजेलको साथबाट लागूऔषध बुर्फिनर्फिन ६० एम्पुल, डाईजापाम ६० एम्पुल र फेनरागन
६० एम्पुल गरी जम्मा १८० एम्पुल र मोवाईल १ थान समेत बरामद गरी निजलाई
नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन
सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

