काठमाडौं,फागुन १९ गते
मिति २०८१।११।१८ गते अ. १७:४५ बजेको समयमा जिल्ला काठमाडौं,
शंखरापुर न.पा. वडा नं ३ स्थित ज्ञान बहादुर तामाङले संचालक गरेको
हिमालयन भ्यु पोईन्ट रिसोर्टको कोठामा जिल्ला काठमाडौं, शंखरापुर
नगरपालिका वडा नं. ३ बस्ने वर्ष अ. ३४ को सुरेश लामा समेतका तपसिलमा
उल्लेखित ११ जना मानिसहरुलाई जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त,
बौद्ध समेतबाट खटिएको प्रहरी टोलीले फेला पारी नगद रु. ५,३३,२००/-
(अक्षरेपि पाँच लाख तेत्तिस हजार दुई सय) र ३ बुक तास सहित निजहरुलाई
नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ (पाँच) को
म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
पक्राउ परेका प्रतिवादीहरू:
१. जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका वडा नं. ३ बस्ने वर्ष अ. ३४ को
सुरेश लामा ।
२. ऐ. बस्ने वर्ष अ. ३७ को गगन घिसिङ तामाङ ।
३. ऐ. बस्ने वर्ष अ. ५३ को राम ब. तामाङ ।
४. ऐ. बस्ने वर्ष अ. ४२ को चन्द्र ब. नगरकोटी ।
५. ऐ. बस्ने वर्ष अ. ४१ को ज्ञान ब. तामाङ ।
६. ऐ. बस्ने वर्ष अ. ६० को श्याम ब. तामाङ ।
७. ऐ. बस्ने वर्ष अ. २६ को बसन्त कुमार तामाङ ।
८. ऐ. न.पा. वडा नं. १ बस्ने वर्ष अ. ४८ को सानु तामाङ ।
९. ऐ. न.पा. वडा नं. १ बस्ने वर्ष अ. ४० को सानु तामाङ ।
१०. ऐ. न.पा. वडा नं. ६ बस्ने वर्ष अ. ४३ को कृष्ण लाल शाही ।
मिति
:२०८१।११।१९
गते
११. जिल्ला भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. १ बस्ने वर्ष अ. ४६ को
जयराम चौलागाई ।
बरामद दसीहरूः
1. नगद रु ५,३३,२००/- (अक्षरेपि पाँच लाख तेत्तिस हजार दुई सय रुपैंया)
2. तास – ३ बुक

