Home Top-Headline रुद्रसेनको ‘होली सररर’ मा समीक्षा अधिकारीको जादूमय आवाज

रुद्रसेनको ‘होली सररर’ मा समीक्षा अधिकारीको जादूमय आवाज

0

बर्दिवास ।
गायक रुद्रसेन विश्वकर्माले होली पर्वको अवसर पारेर नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते सार्वजनिक भएको यो गीत युट्युबसँगै स्पोटिफाइ, एप्पल म्युजिकलगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।

गीतमा गायक रुद्रसेनले समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्माको दमदार अभिनय रहेको छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका हुन् ।

गायक रुद्रसेन भन्छन्, “होली पर्वमा झुम्न चाहने सबैलाई यो गीत मनपर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here