
मिति २०८१।११।२२ गते अं.०८:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक वडा एरियामा पोखरा महानगरपालिका ८ नं. वडा कार्यालयको सहयोग र वडा प्रहरी कार्यालय बैदाम कास्कीको समन्वयमा जडान गरिएका CCTV Camera २७ थान अस्थायी प्रहरी पोष्ट सृजनाचोकलाई हस्तान्तरण भएको ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाज्यूको प्रमुख आतिथ्यता तथा पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालज्यूको अध्यक्षतामा तथा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्र.ना.उ. सन्तोष निरौला, स्थानिय भद्रभलाद्मी, बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थितिमा नव जडित CCTV Camera शुभारम्भ तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

