Home Top-Headline कीर्तिपुरबाट चोरी भएका सामानहरुसहित ३ जना व्यक्तिहरु नियन्त्रणमा

कीर्तिपुरबाट चोरी भएका सामानहरुसहित ३ जना व्यक्तिहरु नियन्त्रणमा

0

मिति २०८१।११।१५ गते अ.१३:५५ बजेको समयमा काठमाडौं जिल्ला
कीर्तिपुर न.पा. वडा नं. ३ ढल्पा स्थित एक डेरा कोठाको ढोकाको चाबी
अपरिचित व्यक्तिहरुले तोडफोड गरी सुन तथा चाँदीका गरगहना लगायतका
सामानहरु चोरी गरेको घटनाका सम्बन्धमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको
प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा उक्त चोरीमा संलग्न तपसिलमा उल्लेखित
व्यक्तिहरुलाई चोरी भएका निम्न सामानहरुसहित नियन्त्रणमा लिई सम्मानित
काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्यादथप अनुमति प्राप्त भई सो
सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
पक्राउमा परेका प्रतिवादीहरुः
1. जिल्ला सिन्धुपाञ्चोक मेलम्ची न.पा. वडा नं.१३ घर भई हाल काठमाडौं
जिल्ला काठमाडौं महागरपालिका वडा नं. १३ डेरा गरी बस्ने वर्ष ५२ को
राज कुमार कार्की ।
1. जिल्ला धादिङ महादेववेशी गा.पा. वडा नं. ६ घर भई हाल ऐ. बस्ने वर्ष
३३ को फुल बहादुर तामाङ ।
2. देश भारत बिहार घर भई हाल ऐ. बस्ने वर्ष ३२ को महोमद इमरान ।
बरामद दसीहरुः
1. सुनको जस्तो देखिने कानमा लगाउने रिङ थान – २
2. सुनको जस्तो देखिने गालेको अवस्थामा रहेको सिक्का थान – १
3. हातमा लागाउने घडी थान – १
4. चाँदीको जस्तो देखिने तिलहरी थान – १
5. चाँदी जस्तो देखिने बाला थान – ४
6. सुनको जस्तो देखिने पोते सहितको तिलहरी थान – १

मिति
:२०८१।११।२६
गते

7. नगद रु.३०००।- (तिन हजार)
8. Samsung कम्पनिको मोबाईल थान – १
9. Tambo कम्पनिको किप्याड मोबाईल थान – १
10.
Dell कम्पनिको कालो रंगको ल्याप्टप थान – १
11. Acer कम्पनीको निलो रंगको ल्याप्टप थान – १
12. Apple कम्पनीको कालो रंगको ल्याप्टप थान – १
13. iPhone मोबाईल थान – १
14. चाबीहरु फुटाउन प्रयोग गरेको फलामे रड थान – १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here