काठमाडौँ , चैत्र ८ गते

मिति ०८१ /१२/०८ गते राती अं. १८:०० बजेको समयमा ठिमीबाट कोटेश्वर
आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको साथमा रहेको मोबाइल का.जि.
का.म.न.पा. वडा नं. ३२ कोटेश्वर चोक नजिकबाट पाकेटमारी गरी भागेको भन्ने
सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी पाकेटमारीमा संलग्न
मानिसहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा निजहरूले चोरी
गरिएको मोबाइल भक्तपुर जगाती स्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा
बेच्ने गरेको भन्ने खुल्न आएकोमा उक्त मोबाईल रिपेयरिङ सेन्टरमा खानतलासी
गर्दा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनीको मोबाइल २७१ थान,
ट्याव ९ थान र ल्यापटप १५ थान बरामद गरी रिपेयरिङ सेन्टर संचालक सहित
७ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
पक्राउ परेका मानिसहरु:
१. जिल्ला काभ्रे, बेथानचोक गा.पा. ५ स्थायी घर भई हाल ललितपुर,
सानागाउँ बस्ने वर्ष ३५ को प्रमोद परियार
२. जिल्ला काभ्रे, खानिखोला गा.पा. ५ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने
वर्ष २६ को गुनराज न्यौपाने
३. जिल्ला रौतहट, चन्द्रनिगाहपुर न.पा. १ स्थायी घर भई हाल भक्तपुर ठिमी
बस्ने वर्ष ३० को हेमन्त राना मगर
४. जिल्ला दोलखा, सैलुङ गा.पा. ६ स्थायी घर भई हाल भक्तपुर जगाती बस्ने
वर्ष २८ को शम्भु विश्वकर्मा
५. जिल्ला सिन्धुपाल्चोक, मेलम्ची न.पा. ११ स्थायी घर भई हाल भक्तपुर
गठ्ठाघर बस्ने वर्ष २२ को राजेश चालिसे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0