पोखरा ,चैत्र ८ गते

ोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने उदेश्यले पोखरा महानगर प्रमुख धनराज आचार्य नेतृत्वको टोली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको पहिलो व्यवसायीक उडान मार्फत चिनको छेन्दु हुदै सुन्दर नगरी लुजाउ पुगेको छ । नेपाल चिन दौत्य सम्बन्ध कायम भएको ७० वर्ष पुगेको सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको चिनियाँ शहर लुजाउमा महानगर प्रमुख धनराज आचार्य, पाेखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पाेखरा भ्रमण बर्ष २०२५ का संयाेजक गाेपी बहादुर भट्टराई सहितकाे भ्रमण टोलीलाई उक्त सहरका मेयर तथा चिनियाँ कम्युनिस्ट पार्टी लुजाउका उपसचिव यु जिआन नेत्रित्वको टिमले भव्य स्वागत गरेको छ । मितेरी सम्बन्ध कायम गर्ने कार्य अन्तिम चरणमा रहेको पोखरा तथा लुजाउ शहरका बिच पर्यटन प्रवर्द्धन, संस्कृति, शिक्षा, खेलकुद, आर्थिक विकासमा सहयोग आदनप्रदान गर्ने लगायत दुईपक्षिय हितका सन्दर्भमा दुबै सहरका नगर प्रमुखहरु विच महत्त्वपूर्ण छलफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0