काठमाडौं, चैत्र १२ गते
मिति २०८१।१२।११ गते अं. १९:३० बजेको समयमा काठमाडौं जिल्ला,
काठमाडौं म.न.पा. वडा नं. १४ खड्कागाउँ स्थित सडक खण्डमा दुई समुह बीच
पुरानो रिसिईबीलाई लिई झगडा हुँदा जिल्ला दोलखा, साविक भेड्पु गा.वि.स.
हाल मेलुङ गाउँपालिका वडा नं. ४ स्थायी घर भई काठमाडौं जिल्ला,
चन्द्रागिरी नगरपालिका वडा नं. ७ बस्ने स्वस्तिका तामाङको छोरा वर्ष २३ को
अभय भन्ने अबे तामाङलाई जिल्ला पर्सा सखुवा प्रसौनी गा.पा. वडा नं. १ घर
भई हाल काठमाडौं जिल्ला नागार्जुन न.पा. वडा नं. १० स्युचाटार बस्ने वर्ष २१
को आशिष श्रेष्ठ समेतका व्यक्तिहरुले धारिलो हतियार तथा फलामको रडहरु
प्रहार गरी घाईते बनाएकोमा उपचारको क्रममा निजको मृत्यु भएको घटनामा
अनुसन्धानको क्रममा संलग्न देखिएका तपसिलमा उल्लेखित १६ जना
व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५
(पाँच) को म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको
।
पक्राउ परेका प्रतिवादीः
1. जिल्ला पर्सा, सखुवा प्रसौनी गा.पा. वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला
नागार्जुन न.पा. वडा नं. १० स्युचाटार बस्ने वर्ष २१ को आशिष श्रेष्ठ,
२. जिल्ला धादिङ, गल्छी गा.पा. वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला
नागार्जुन न.पा. वडा नं. ९ हसनटार बस्ने
वर्ष २१ को सुजन तामाङ,
३. जिल्ला काठमाडौं, चन्द्रागिरी न.पा. वडा नं. १५ बस्ने वर्ष २७ को राज अर्याल,
४. जिल्ला सिन्धुली, कमलामाई न.पा. वडा नं. ११ घर भएका वर्ष २० को
डेनियल विश्वकर्मा,
५. जिल्ला सर्लाही, बागमती न.पा. वडा नं. ५ घर भएका वर्ष २० को निश्चल
ब्लोन तामाङ,
६. जिल्ला सुनसरी, घर भई हाल का.म.न.पा. वडा नं. १४ कलंकी बस्ने वर्ष १९
को सुशान श्रेष्ठ,
७. जिल्ला धादिङ, सिद्धलेक गा.पा. वडा नं. ७ घर भई हाल काठमाडौं जिल्ला
नागार्जुन न.पा. वडा नं. १० स्युचाटार
मिति :
२०८१।१२।१२ गते
बस्ने वर्ष २३ को बिनय आले मगर,
८. जिल्ला उदयपुर, ताप्ली गा.पा. वडा नं. ७ घर भई हाल ललितपुर म.न.पा.
वडा नं. ७ एकान्तकुना बस्ने वर्ष २१
को खेम राज बहादुर मगर,
९. जिल्ला गोरखा, गण्डगी गा.पा. वडा नं. १ घर भई हाल का.म.न.पा. वडा नं.
१४ कलंकी बस्ने वर्ष २२ को रन्जित
श्रेष्ठ,
१०. जिल्ला उदयपुर, ताप्ली गा.पा. वडा नं. ७ घर भई हाल का.म.न.पा. वडा नं.
१४ कलंकी बस्ने वर्ष २० को साङ्गे
तामाङ,
११. जिल्ला काठमाडौं, नागार्जुन न.पा. वडा नं. ९ स्युचाटार बस्ने वर्ष २५ को
अजित बुढाथोकी,
१२. जिल्ला काठमाडौं, नागार्जुन न.पा. वडा नं. १० स्युचाटार बस्ने वर्ष २५ को
रोहित खड्का,
१३. जिल्ला नवलपरासी पूर्व, देवचुली न.पा. वडा नं. ९ घर भई हाल चन्द्रागिरी
न.पा. वडा नं. १४ नैकाप बस्ने वर्ष
२० को प्रबिन झेडी,
१४. जिल्ला तनहुँ व्यास न.पा. वडा नं. १० घर भई हाल चन्द्रागिरी न.पा.
विष्णुदेवी बस्ने वर्ष १९ को गौतम कमर
जोगी,
१५. जिल्ला सुनसरी, धरान उ.म.न.पा. वडा नं. ७ घर भई हाल काठमाडौं
जिल्ला पुरानो नैकाप बस्ने वर्ष २२ प्रवेश
गुरुङ,
१६. जिल्ला काठमाडौं, दक्षिणकाली न.पा. वडा नं. १ घर भई बस्ने वर्ष २२ को
डेबिड घले ।

