काठमाडौँ, चैत्र १३ गते
बागमती प्रदेश मुख्यमन्त्री कार्यालय, प्रदेश मन्त्रालयहरु, विभाग एव् प्रदेश मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि विपद् व्यवस्थापनमा प्रयोग भइरहेका विपद् सूचना प्रणालीहरु सम्बन्धी अभिमुखीकरण संचालन भएको छ।
प्राधिकरणको सभाहलमा संचालित अभिमुखीकरणमा प्राधिकरणले संचालन गरिरहेका विपद् पोर्टल, पुनर्निर्माण व्यवस्थापन प्रणाली, गोदाम व्यवस्थापन प्रणाली, स्वयंसेवक व्यवस्थापन प्रणाली आदिबारे जानकारी गराइएको थियो ।
अभिमुखीकरण फलदायी हुने अपेक्षा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापन तीनै तहका सरकारको दायित्व भएको र प्राधिकरणले सबै तहका सरकारबीच समन्वय गरिरहेको बताउनुभएको थियो ।
अभिमुखीकरणका लागि प्राधिकरणसँग प्रदेश सुशासन केन्द्र, बागमती प्रदेशले समन्वय गरेको हो। अभिमुखीकरणमा केन्द्रका कार्यकारी निर्देशक गोपाल कृष्ण न्यौपानेको पनि उपस्थिति रहेको  थियो।
बागमती प्रदेश सुशासन केन्द्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0