
स्याङ्गजा,चैत्र १३ गते
मिति२०८१ चैत ११ र १२ गते स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकाे आयोजनामा प्रदेश अस्पताल, पुतलीबजार, स्याङ्जाको न्यूनतम सेवा मापदण्डको मुल्यांकन र क्लिनिक अडिट कार्यक्रम सम्पन्न भएको छ । न्यूनतम सेवा मापदण्डको चौधौं फलोअप तथा क्लिनिक अडिट कार्यक्रममा मुख्य श्रोत व्यक्तिको रूपमा मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी बर्दघाट (सुस्ता पुर्व) का मे.सु. डा. रमेश प्रसाद आचार्य, मातृशिशु प्रादेशिक अस्पताल, पोखराका मे. अ. डा. भारती मेहता, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका जनस्वास्थ्य प्रशासक डा. मधुरजी ढकाल, MSS कार्यक्रम संयोजक प्रकाश राज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यान्वयन अधिकृत उर्मिला बराल रहनु भएको थियोे। न्यूनतम सेवा मापदण्डको चौधौं फलोअप तथा क्लिनिक अडिटमा क्रमशः ७१% र ४३% प्राप्त भएको छ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख श्रीप्रसाद जि. टी. को अध्यक्षता संचालित प्रस्तुतीकरण कार्यक्रममा प्रदेश अस्पताल, पुतलीबजार, स्याङ्जाको तर्फबाट अस्पतालका मे. सु. डा. शुशिल कुमार मरासिनीले प्रस्तुतीकरण गर्नुभएको थियो भने MSS टिमको तर्फबाट डा. भारती मेहताले प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा अस्पतालले सुधार गर्नुपर्ने पक्षहरू र आगामी कार्ययोजनाका बारेमा समेत बृहत छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

