पोखरा ,चैत्र १४ गते
एकता, दक्षता, व्यवसायिक सहजता र पारदर्शिता हाम्रो साझा प्रतिवद्धता’ नारा का साथ
नेपाल सुनचाँदी व्यवसायी महासंघले १२ औं वार्षिक साधारण सभा २०८१ साल चैत १६ गते शनिबार, कास्कीको पर्यटकीय नगरी पोखरामा भव्य रूपमा सम्पन्न हुन गइरहेको छ। उक्त सभा महासंघमा ७७ जिल्ला/नगर, १ वस्तुगत संघ र २२ वटा एशोसिएट सदस्हरु सहित अतिथिहरु, पर्यवेक्षकहरु एवं सदस्यहरु समेत करिव ७ सय सहभागीता हुनेभएका छन ।
वार्षिक साधारण सभाको औपचारिक उद्घाटन नेपाल सरकारका माननिय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पृथ्वी सुब्बा गुरुङको प्रमूख आतिथ्यतामा सम्पन्न हुनेभएको छ।  त्यस क्रममा गण्डकी प्रदेशका माननिय मुख्य मन्त्री श्री सुरेन्द्र राज पाण्डे विशिष्ट अतिथिका अपस्थित हुनु हुनेछ ।
साधारण सभाको अवसरमा नेपाल सरकारका मन्त्री ज्यूहरु, सभाषज्यूहरु, नेपाल सरकारका सचिव ज्युहरु, विभिन्न सरकारी निकायका महानिर्देशकज्यूहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमूखहरु, स्थानियस्तरमा रहेका विभिन्न सरकारी निकायका प्रमुखज्यरुहरु, लगायतका अतिविरुको सहभागिता रहने भएको  छ । त्यस अवसरमा महासंघको हालसम्मका उपलब्धिहरू, आगामी योजना र सुनचाँदी व्यवसायका विभिन्न आयामबारे गहन छलफल तथा विचार विमर्श  पनि हुनेभएको छ।
उद्घाटन सत्रको समापन पश्चात बन्द सत्र सञ्चालन हुनेछ । त्यसक्रममा अध्यक्षको स्वागत मन्तव्य, महासचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, लेखा परीक्षक नियुक्ती सहित समसामयिक एजेण्डा समावेस हुनेछन् ।
महासंघको विधानलाई थप समसामयिक, व्यवहारिक र प्रभावकारी बनाउने उदेश्यले विद्यमान विधानको तेस्रो संशोधन गर्ने एजेण्डा पनि यस पटकको साधारण सभामा समावेस गरिएको छ । साधारण सभाको अन्त्यमा सुनचाँदी व्यवसायलाई अझ मर्यादित, प्रतिष्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउने उद्देश्यका साथ विभिन्न एजेण्डाहरुलाई समेटेर पोखरा घोषणा पत्र सार्वजनिक गरिने छ । नेपाल सुनचाँदी व्यबसायी महासङ्घ का अध्यक्ष अर्जुन रसाइली ले हाम्रा समस्याहरु जहि को तहि छ। सुन चादिको बिक्री बितरण  गर्ने कार्य विधि छैन, अहिले हामिले राज्य  सङ्ग कार्य विधि माग गरेका छौ, हामिले दैनिक ४० kg कच्चापदार्थ आबस्यक रहेको छ। चोरी का सुन खरिद गर्दा कारण  ले पनि सुनचाँदी ब्यबसाय लाई अप्ठ्यारो परेको बताइनु भएको छ। राज्य ले निर्देशिका बने पछि ब्यबसाय सुनिश्चित हुनेभएको बताउनु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0