पोखरा ,चैत्र १४ गते

गण्डकी प्रदेश सभाको सातौँ अधिवेशनको एघारौँ बैठक मिति २०८१/१२/१४ गते दिनको १ बजे गण्डकी प्रदेश सभाका सभामुख माननीय श्री कृष्ण प्रसाद धितालज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।  बैठकमा माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेज्यूले केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक सभामा पेश गर्नु भएको थियो। ततपश्चात माननीय उद्योग तथा पर्यटन मन्त्री श्री मित्रलाल बस्यालज्यूद्वारा प्रस्तुत गण्डकी प्रदेशमा खानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय श्री प्रकाश बहादुर केसीज्यूद्वारा प्रस्तुत गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ति विकास गर्ने सम्बन्धमा बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको थियो। माननीय कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय श्री पदमा जिसीज्यूले गण्डकी प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0