
तनहुँ , चैत्र १५ गते
पर्यटकीय गाउँ हिलेखर्कमा आँबुखैरेनी गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक अवधिमा सम्पन्न विकास निर्माण तथा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा सम्पन्न गरेको छ।कार्यक्रममा पालिका उपाध्यक्ष दुर्गा अर्याल ज्युले स्वागत मन्तव्य राख्नुभयो, प्रशासकीय अधिकृत शर्मिला अधिकारीले गाउँपालिकाद्वारा सञ्चालित विकास निर्माणका कार्यहरू तथा कार्यालयका गतिविधिहरूको विषयमा जानकारी गराउनुभयो, साथै स्थानीय नागरिकहरूले आफ्ना जिज्ञासा, प्रश्न र गुनासा राख्ने अवसर प्राप्त गर्नुभयो, जसलाई पालिका अध्यक्ष शुक्र चुमान ज्यू, उपाध्यक्ष दुर्गा अर्याल ज्यू, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा ज्यू, तथा वडा नं. ६ का अध्यक्ष दिलीप गुरुङ ज्यू लगायत सम्बन्धित जिम्बेवार व्यक्तिहरुले सम्बोधन गर्नुभयो। कार्यक्रमको सहजीकरण उद्घोष दैनिकका सम्पादक उज्वल पौडेलले गर्नुभयो।
गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमबाट स्थानीय तहको पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्दै, नागरिकका सुझाव तथा गुनासाहरूलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको आभास गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

