काठमाडौं,चैत्र १७ गते

मिति २०८१।१२।१५ गते, राष्ट्र, राष्टियता, धर्म, संस्कृति र नागरिक बचाउ
महाअभियान नेपालद्वारा काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको
लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको
अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सो
कार्यक्रमका आयोजक एवं समर्थकहरुले विभिन्न स्थानमा हिंसात्मक तोडफोड,
आगजनी लगायत तीनकुनेस्थित एक घरमा भित्र मानिस भएकै अवस्थामा
आगजनी गरी निजको मृत्यु समेत हुनेगरी विभिन्न अपराधिक घटनाहरु घटाएको
सम्बन्धमा घटनाको गाम्भीर्यता तथा सत्य तथ्य समेत नबुझि विभिन्न सामाजिक
सञ्जालहरुमा भ्रामक एवं गलत सूचना प्रवाह भईरहेको सन्दर्भ प्रति यस
कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त दिन भएको अपराधिक घटनाहरुका सम्बन्धमा यस कार्यालयबाट सुक्ष्म
अनुसन्धान भईरहेको साथै निज मृतकको पोष्टमार्टम कार्य नै प्रारम्भ भईनसकेको
अवस्थामा विभिन्न सामाजिक सञ्जालहरुमा “चैत्र १५ गते मारिएका पत्रकार
सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरिरमा गोली भेटिएको छ !”
लगायतका शीर्षकहरु राखी सो घटनाका सम्बन्धमा वास्तविकता नबुझि विभिन्न
सामाजिक सञ्जाल मार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण गरी जनमानसमा
नकारात्मक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानुन
बमोजिम कानुनी दायरामा ल्याइने व्यहोरा समेत अनुरोध गरिन्छ ।

जिल्ला प्रहरी परिसर,काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0