पोखरा ,चैत्र २५ गते
हेमजामा १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ आलु एक परिकार अनेक’ भन्ने मूल नारासहित सुरु महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै कृषिप्रतिको आकर्षण र मोह जगाउन महोत्सव महत्त्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । हेमजा क्षेत्रमा उत्पादन हुने आलुको विशेष पहिचान भएको उल्लेख गर्दै उहाँले कृषिजन्य वस्तुको उत्पादनमा बढवा दिनुपर्नेमा जोड दिनुभयो ।
वैशाख ३ गतेसम्म चल्ने महोत्सवका आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान लगायत रहेका छन् । कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी गरिएको छ ।
महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु कारोबार हुनेछ । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0