काठमाडौँ,चैत्र २५ गते

मिति २०८१।१२।२२ गते अ. ०६:४५ बजेको समयमा जिल्ला काठमाडौं, चन्द्रागिरी
नगरपालिका वडा नं. २, नागढुङ्गा स्थित चेकप्वाइन्टमा बिरगंजबाट काठमाडौंतर्फ
आउँदै गरेको बा प्र. ००१-०६ ख ५६९२ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग
नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाबाट खटिएको
प्रहरी टोलीले चेकजाँच गर्दा उक्त बसको डिक्कीमा राखी ल्याएको अवस्थामा १९,२००
(उन्नाइस हजार दुई सय) क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामाडोल फेला पारी
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त लागु औषध सो बसमा ल्याउने कार्यमा बसका
सहचालक जिल्ला महोत्तरी, गौसाला नगरपालिका वडा नं. १२, बस्ने, वर्ष २७ को
सबिन कुमार महत्तोको संलग्नता देखिन आएकोले निजलाई सो लागु औषध सहित
नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ७(सात) को म्याद
थप अनुमति लिई अनुसन्धान भईरहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0