
काठमाडौं,चैत्र २५ गते
विगत केही दिनमा काठमाडौं उपत्यका लगायत देशभर वायु प्रदूषण तीव्र रूपमा बढिरहेको छ। यसको मुख्य कारणहरू सवारी साधनबाट निस्कने धुँवा, सडक तथा अन्य निर्माण कार्यबाट उड्ने धुलो, उद्योग तथा कलकारखानाबाट उत्सर्जित धुँवा, र खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने विषाक्त ग्यासहरू हुन्।
खराब वायु गुणस्तरका कारण विशेष गरी बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वासप्रश्वाससम्बन्धी रोगीहरू र मुटु रोगीहरू बढी जोखिममा पर्छन्।
काठमाडौं महानगरपालिकाले वायु प्रदूषणको रोकथाम तथा नियन्त्रणका लागि खुला रूपमा फोहोर जलाउने कार्यमा प्रतिबन्ध लगाएको छ। साथै, वातावरणीय मापदण्डविपरीत धुँवा उत्सर्जन गर्ने सवारी साधनहरूलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको छ।
महानगरपालिकाले वायु प्रदूषण नियन्त्रणका लागि गरिरहेका प्रयासहरूलाई सफल बनाउन महानगरवासी सबैले निम्न कार्यहरू अवलम्बन गर्न अनुरोध गरिन्छ:
-आफ्नो सवारी साधन नियमित रूपमा मर्मत गरी प्रदूषण कम गर्ने।
-सवारी साधनलाई प्रचलित प्रदूषण मापदण्डभित्र राखी सञ्चालन गर्ने।
-खुला रूपमा आगो बाल्ने कार्य नगर्ने।
-प्लास्टिकजन्य फोहोर तथा अन्य फोहोर खुला ठाउँमा नफाल्ने।
-निर्माण सामग्री सडक वा फुटपाथमा नथुपार्ने।
-निर्माण सामग्री ढुवानी गर्दा वा लोड-अनलोड गर्दा धुलो नियन्त्रण गर्ने उपाय अपनाउने।
-उद्योग तथा कलकारखानाले “काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड, २०८१” अनुसार वायु गुणस्तर तथा धुँवा उत्सर्जन नियन्त्रण गर्ने।
-उद्योगहरूले वायु प्रदूषण कम गर्ने उपकरणहरूको प्रयोग गर्ने।
-सर्वसाधारणले व्यक्तिगत सुरक्षाका लागि मास्क लगाएर हिँडडुल गर्ने।
महानगरपालिकाको वायु प्रदूषण नियन्त्रण अभियानमा तपाईंको सहयोग आवश्यक छ। वातावरण स्वच्छ राख्न हामी सबैको दायित्व हो।
काठमाडौं महानगरपालिका
वातावरण व्यवस्थापन विभाग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

