लेखनाथ, जेष्ठ १ गते
नेपालका पुर्वी क्षेत्रमा रहेका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको भ्रमण गर्ने उद्देश्यका साथ लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा पुर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति, उपसमिति र कर्मचरी गरी जम्माा २२ सदस्यीय भ्रमण टोली भ्रमणमा निस्केको छ ।
आज मिति २०८१ साल जेष्ठ ०१ गते देखी ०४ गते सम्म हुने भ्रमणमा दोलखा, खोटाङ्ग, उदयपुर, सिन्धुली, मकवानपुर जिल्लामा रहेका संघहरुले गरेका विविध गतिविधि तथा कृयाकलाप सम्बन्धी जानकारी लिने र दुई संघ विचको सम्वन्ध एवं भाईचारा प्रगाढ बनाउने मुख्य उद्देश्य रहनेछ ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठ सहितको भ्रमणमा संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष कृष्णहरि भण्डारी, बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी, महासचिव जानुका पराजुली अधिकारी , उपमहासचिव भरतराज ओझा, कार्यसमिति सदस्य गंगा मल्ल, हरि बस्ताकोटी, भरत थापा, खेमराज बराल, टिकाराम सापकोटा, प्रतिक्षा रानाभाट, प्रेम प्रसाद शर्मा, दयाराज भण्डारी, प्रकाशमोहन भट्टराई, राजेन्द्र पौडेल, महिला उद्यमी इन्दिरा रोका, शर्मिला श्रेष्ठ, शर्मिला खड्का, कर्मचारी कृष्णराज पौडेल र आशिष पौडेल सहभागि भएका छन् । स्रोत: Lekhnath Chamber Of Commerce & Industry
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0