
पोखरा,भदौ १४ गते
पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको स्वागत गरिएको छ । महानगरपालिकाद्वारा आयोजित स्वागत कार्यक्रममा नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महाशाखा तथा शाखा प्रमुखलगायत कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत गर्नुभएको हो ।
स्वागत कार्यक्रममा नगर प्रमुख आचार्यले महानगरपालिकाको प्रशासनिक कार्यलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । उपप्रमुख गुरुङले महानगरको सेवा प्रवाहलाई चुस्त बनाउँदै विकास निर्माण, सुशासन तथा नागरिकका अपेक्षालाई सम्बोधन गर्न जनप्रतिनिधि र कर्मचारीबिचको समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले महानगरपालिकाको प्रशासनिक नेतृत्वका रूपमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबिच सहकार्य गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महानगरका नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारी संयन्त्रलाई परिचालन गर्दै परिणाममुखी कार्यसम्पादनमा जोड दिने बताउनुभयो ।स्रोत :पोखरा महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

