पोखरा,जेठ १४ गते

मिति २०८२।०२।१३ गते अं.१६:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०५ शातिनगरचोक स्थितमा लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखरा र यसकार्यालय मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला पर्वत कुस्मा नगरपालिका वडा नं. १२ ठुलिपोखरी स्थाई वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा न.०४ नालाकोमुख बस्ने बर्ष २६ की सिमा दर्जी र ऐ.ऐ. वतन भई ऐ.ऐ. बस्ने बर्ष २६ को आशिष श्रेष्ठलाई खानतलासी लिँदा कालो झोलामा लुकाई छिपाई राखेको अवैध लागूऔषध बुप्रिनर्फिन- १६७ एम्पुल, डाईजापाम- १६८ एम्पुल र फेनरागन- १६६ एम्पुल गरी जम्मा- ५०१ एम्पुल र मोवाईल थान-३ समेत वरामद भएको हुँदा निजहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

नेपाल सरकार
गृह मन्त्रालय

 

जिल्ला प्रहरी कार्यालय, कास्की

मिति २०८२।०२।१४ गते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0