
पोखरा ,जेठ १५ गते
राष्ट्रिय युवा संघको १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारीसहित नेकपा एमाले नेताहरुको उपस्थितिमा आज दिउँसो २ बजे साइमन पार्टी प्यालेसमा हुने पत्रकार सम्मेलन भएको थियो। निर्बाचित पदाधिकारीहरुलाई बधाई दिंदै राष्ट्रिय युवा संघका अध्यक्ष श्री क्षितिज थेबे ले हामीले जुन कुराको संकल्प गरेका थियौं हाम्रा ति प्रतिबद्दताहरु सफल भएको छ। आम नागरिकले चासो को बिषय महाधिवेशन सम्पन्न गर्ने थियो तर त्यो आज सफल भयो। आम युवाहरुको उज्ज्वल भविष्य को लागि यो राष्ट्रिय युवा संघ निरन्तर लागिनै रहने छ। चुनावी नतिजा उत्सव वा निरास बिषय होइन उप -बिजेताहरु पनि यो संगठन मा एकताबद्द रुपमा एक ढिक्का भएर रै लाने हामीले प्रण गरेका छौं। अध्यक्ष क्षितिज थेबे ले उप बिजेताहरुलाई धेरै दुखि नहुनु ,आज धेरै युवाहरु डिप्रेशन को शिकार बन्न पुगेका छन्। तर हामीले अबको ३ बर्षमा ३० लाख रोजगार र ३ लाख उधमी बनाउने प्रयास मा हामि लाग्ने नै छौं , हाम्रो लक्ष्य ७ प्रदेशमा ७ वटा Youth Submitte गर्ने मा छौं भन्दै महाधिवेशनलाइ सहयोग गर्ने सम्पूर्ण लाइ धन्यवाद दिनुभएको थियो। महेेश बस्नेतले राष्ट्रिय युवा संघको एक कार्यक्रममा पत्रकारहरूसँग बोल्दै सहकारी ठगीका आरोपहरू बारे स्पष्टीकरण दिनुभएको छ। उहाँले महेन्द्रजीले ऋण लिएर व्यवसायमा लगानी गरेको र ठगी नगरेको बताउँदै उहाँको थुना न्यायिक प्रक्रियाअनुसार भएको दाबी गर्नुभएको छ। साथै, रवि लामिछानेको पार्टी र केही मिडियाहरूले योजनाबद्ध रूपमा नकारात्मक प्रचार गरेको आरोप लगाउँदै, राजीव पहारि माथि लागेका आरोपहरू निराधार रहेको र डायरीमा लेखिएका कुराहरूले मात्रै कसैलाई कारबाही गर्न नसकिने तर्क गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमा नियमनको अभावले अराजकता बढेको बताउँदै, राष्ट्रिय युवा संघले आत्मनिर्भर संगठन निर्माण गरेको र राजनीतिलाई कमाई खाने माध्यम नबनाएको स्पष्ट पार्नुभएको छ। अन्तमा, उहाँले नेकपा एमालेले देश विकासमा धेरै काम गरेको र राष्ट्रिय युवा संघ सोही पार्टीको नेता उत्पादन गर्ने नर्सरी रहेको बताउनुभएको छ।

