
पोखरा, असार ९ गते
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको दोस्रो बैठक प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टको अध्यक्षतामा भएको छ।
मनसुन अवधीभर आउन सक्ने बाढी, पहिरो डुबान समेतलाई दृष्टिगत गरी संभावित जोखिम रहेका क्षेत्र, नदी, खोला नाला र पानीको बहाव समेत उच्च हुन सक्ने राजमार्ग, स्थानीय सडक सञ्जालहरुमा मौसम पूर्वानुमान र परिस्थिति समेतको विचार गरी सार्वजनिक/निजी सवारी साधनको संचालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने, अबरोध भएका सडक/राजमार्ग तत्काल संचालन गर्न आवश्यक पर्ने हेभि इक्युप्मेन्ट २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गर्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने, मनसुन अवधीभर जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकता अनुसार सवारी संचालन सम्बन्धी गरेका निर्णयहरु पालना गर्न सार्वजनिक यातायात संचालन गर्ने विभिन्न यातायात व्यवसायी महासंघ, ढुवानी/पारवहन सम्बन्धी संघ र निजी सवारी साधनहरु समेतलाई अनुरोध गर्ने, उक्त निर्णय पालना नगर्ने वा बलजफ्ती सवारी संचालन गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्न सम्बन्धित जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने लगायतका निर्णय ।
बैठकका निर्णयहरु भएको छ। स्रोत : National Disaster Risk Reduction & Management Authority
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

