पोखरा, असार १० गते
” सूचना मागौं भ्रष्टाचार अन्त्य गरौं ” नाराका साथ प्रमाण मा आधारित पत्रकारिताको लागि सूचना हक विषयक अन्तर्कृया कार्यक्रम ” सूचना हक को लागि रार्ष्ट्रिय महासङ्घ को “आयोजना र मुख्यमन्त्री तथा मन्त्रीपरिशद को कार्यलय गण्डकी प्रदेश र संचार तथा सूचना प्रबिधी मन्त्रालय को सहकार्य मा सम्पन्न भएको छ।सूचना हक को लागि रार्ष्ट्रिय महासङ्घ का वरिष्ठ उपाध्यक्ष श्री तारा बहादुर भणडारि ले बि स: २०७८ सालमा हामिले महासङ्घ सुरु गरेका हौं , १४० भन्दा बढी देशले सूचनाको हक जारी गरिरहेको छ।यो पुरानै अधिकार हो , अहिले भर्खरै भर्खरै स्थानीय र प्रदेश सरकारले सूचनाको हक लाई आधार मानी काम गरिरहनु भएको छ। सूचना भनेको खास संकेत हो ।संवाद आवाज हो ।शब्द र अन्क हो। यो यौटा मौलिक मानवअधिकार हो।सूचना ले विश्व मा शान्ति अभिबृद्दी का लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्दछ भनी कार्यक्रम मा बताउनु भएको थियो। उहाँले सूचना को हकको ९ वटा सिद्धान्त छ,बढी भन्दा बढी प्रकाशन को सिद्धान्त , सरल सहज पहुँचको सिद्धान्त ,सिमित गोपनियता को सिद्धान्त ,सूचना प्रकाशन को जिम्मा सिद्धान्त ,खुल्ला सरकारको सिद्धान्त ,सूचना दाताको संरक्षण सिद्धान्त ,कर्तव्य पालन सिद्धान्त , पारदर्शीता सिद्धान्त लगाएत ९ सिद्धान्त रहेको बताउनु भएको थियो । सूचना पाउने अधिकार कोहि कसै बन्चित हुन हुँदैन। साना बाल बच्चा देखि सम्पुर्ण नेपाली नागरिक ले सूचना मागेको खण्ड मा पाउनु पर्ने उहाँले बताउनु भएको थियो।वरिष्ठ उपाध्यक्ष श्री तारा बहादुर भणडारि ले नेपाल अन्तर्राष्ट्रिय स्तरमा २३ औं स्थान मा सूचना को हक( सूचना पाउने अधिकार भित्र ) मापदण्ड भित्र परेको छ , संरचना र सूचना को हक मा नेपाल राम्रो देखीएको अवस्था छ। भनी बताउनु भएको थियो ।

