पोखरा ,श्रावण २५ गते

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ले मिडिया मा आदिवासी जनजाति समावेशिताको सवाल ” फोनिज संवाद गरि २६ औं स्थापन दिवस मनायो ।

“नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मिडिया मा आदिवासी जनजाति समावेशिताको सवाल ” फ़ोनिज संवाद गरेको छ। नेपाल यौटा सुन्दर बगैंचा हो। जसको छहारी मा विभिन्न जातजाति , धर्म ,समुदाय को बसोबास छ। नेपाल लाइ विश्व सामु चिनाउन मा पनि यो देशको बहुजाताजाती र भाषा ले चिनाउन सकेको छ। आदिवासी/जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परा रीतिरिजाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय सम्झनु पर्दछ । वा समुहमा बसोवास गर्न रुचाउने जाति वा समुदाय, जो राज्यको मुलधारमा समावेश हुन नसकेको वा पछाडी पारिएको महसुस गरेका छन उनीहरुलाई आदिवासी जनजाति भनिन्छ । हाम्रो सांस्कृतिक धरोहर र पहिचानका आधारस्तम्भ पनि आदिवासी जनजाति हुन्।

देशको सांस्कृतिक, ऐतिहासिक, र सामाजिक विकासमा अतुलनीय योगदान गरेका छन्। गुरुङ , तामाङ, नेवार, शेर्पा, राई, लिम्बू, मगर, थारू लगाएतका समुदायहरूले नेपाललाई विविधतायुक्त समाज बनाएका छन्। तिनका भाषा, धर्म, परम्परा, र जीवनशैलीले नेपालको पहिचानलाई विशेष बनाएको छ। तर, यी समुदायहरू आज पनि आफ्नो अधिकार, पहिचान, र समृद्धिका लागि संघर्षरत छन् । (फोनिज) को २६ औं स्थापना दिवसका अवसर मा फोनिज गण्डकी / कास्की का सल्लाहकार, हुमबहादुर गुरुङ ले फ़ोनिज संवाद को कार्यक्रम मा बोल्दै फ़ोनिज शव्द पहिला अनिज थियो पछि फ़ोनिज को जन्म पोखरा मै भएको बताउनु भएको छ । साथै उहाँले मिडियामा आदिवासी जनजाति समावेशिता सुनिश्चित गर्न धेरै पक्षहरूको भूमिका हुन्छ, र यो काम एउटा व्यक्ति वा संस्थाले मात्र सम्भव हुँदैन। यसमा मुख्यत: यी पक्षहरूको योगदान रहन्छ। मिडिया संस्थाहरूको भूमिका अन्तर्गत :
समाचार, कार्यक्रम, लेख आदिमा आदिवासी जनजातिको विषयवस्तु, संस्कृति, भाषा र दृष्टिकोणलाई प्राथमिकता दिनु पर्दछ ,भर्ती प्रक्रियामा, ,आदिवासी जनजातिका पत्रकार, प्रस्तोता, सम्पादकलाई अवसर दिनुपर्दछ ,सम्पादकीय नीतिमा विविधता र समावेशिता सम्बन्धी प्रावधान राख्नुपर्दछ।

पत्रकार र मिडिया पेशेवरहरूको भूमिका अन्तर्गत : समाचार तथा सामग्री तयार गर्दा पूर्वाग्रह (bias) हटाइ सन्तुलित ढंग बाट प्रस्तुति दिनुपर्दछ ,उनीहरूको दृष्टिकोण बुझ्न स्थलमै पुगेर रिपोर्टिङ गर्नुपर्दछ , सरकार र नियामक निकायहरूको भूमिका अन्तर्गत : मिडियामा समावेशिता सुनिश्चित गर्ने कानुन र नीतिलाइ व्यवहारिक बनाउन जोड दिनुपर्दछ ,सार्वजनिक प्रसारण सेवामा (Radio, TV) ,पत्रपत्रिका ,अनलाइन मिडिया आदिमा आदिवासी जनजातिको कार्यक्रम वा लेख रचनालाइ अनिवार्य प्राथमिकता मा राखिनु पर्दछ ,भाषिक र सांस्कृतिक विविधता प्रोत्साहन योजनालाइ अघि बढाउन जरुरि हुन्छ , नागरिक समाज र आदिवासी संगठनहरूको भूमिका अन्तर्गत :मिडियामा आफ्नो उपस्थिति बढाउन र प्रशिक्षणमार्फत आफ्ना सदस्यलाई सक्षम बनाउन थालनी गर्नु पर्दछ ,गलत वा पूर्वाग्रही समाचारविरुद्ध आवाज पनि उठाउन सिक्नु पर्दछ ,आफ्ना संस्कृतिलाई डिजिटल मिडिया (सोसल मिडिया, अनलाइन पोर्टल) मार्फत प्रचार गर्नुपर्दछ ,. शैक्षिक तथा प्रशिक्षण संस्थाहरूको भूमिका अन्तर्गत :आदिवासी जनजाति समुदायका युवालाई पत्रकारिता, सञ्चार र डिजिटल मिडियामा तालिम दिनु पर्दछ ,मिडिया एथिक्स र समावेशिताबारे शिक्षण दिनुपर्दछ ,स्थानिय पालिका अन्तर्गत : पालिकाले आफ्नो समुदायमा भएका आदिवासी जनजाति का लागि विशेष कार्यक्रम ल्याउन सक्नु पर्दछ , र अन्त्यमा उहाँले अहिले पनि राज्यको व्यबहारिक कारण बाट मिडिया मा आदिवासी जनजाति समावेशिता कम भएको बताउनु भएको छ ।

मिडियामा आदिवासी जनजातिको समावेशिता सफल बनाउन मिडिया संस्था, पत्रकार, सरकार, नागरिक समाज र शैक्षिक निकाय सबैको सामूहिक प्रयास चाहिन्छ, जसले मात्र विविध आवाज र पहिचानलाई उचित स्थान दिन मद्दत गर्दछ। मिडिया मा आदिवासी जनजाति समावेशिता लाइ समेट्न का लागि आफ्नै भाषा (मातृभाषा) मा समाचार प्रकाशन गर्दा आदिवासी जनजातिलाई धेरै महत्त्वपूर्ण फाइदा हुन्छ, जसलाई सांस्कृतिक, सामाजिक र शैक्षिक तीनवटा पक्षबाट हेर्न सकिन्छ। . सांस्कृतिक अन्तर्गत :आफ्नो भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन हुन्छ ,मौलिक शब्द, कथा, लोकगीत मिडियामा प्रयोग हुँदा लोप हुने खतरा घट्छ,युवा पुस्ताले आफ्नो भाषाको प्रयोग देखेर गर्व र पहिचानको भावना पाउँछन्। सामाजिक फाइदा अन्तर्गत :समुदायका सबै उमेरका सदस्यले सजिलै बुझ्न सक्ने गरी सूचना पाउँछन्,स्थानीय मुद्दा, समस्या र उपलब्धिहरू प्रत्यक्ष समुदायको दृष्टिकोणबाट उजागर हुन्छन,बाहिरी समाजमा पनि आफ्नो भाषा र संस्कृतिप्रति सम्मान बढ्छ। साथै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले भोलि फ़ुट्सल र पर्सि मुख्य कार्यक्रम गर्ने आजको कार्यक्रम मा बताएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0