
पोखरा ,श्रावण २५ गते
फेवा टेलिभिजनको नवौ साधारण सभा शुक्रवार सम्पन्न भएको छ । टेलिभिजनमा आवद्व सेयर सदस्यहरुको उपस्थिीतिमा भएको साधराण सभाका प्रमुख अतिथिका रुपमा ज्येष्ट सेयर सदस्य क्याप्टेन रुप बहादुर गुरुङ रहनुभएको थियो । कार्यक्रमको सभाअध्यक्ष टेलिभिजनका अध्यक्ष लिला बहादुर जि .सी ले गर्नुभएको थियो । साधारणसभामा संस्थापक अध्यक्ष तेजेन्द्र पौड्ल ,निर्वतमान अध्यक्ष मिन बहादुर गुरुङको पनि उपस्थिीति रहेको थियो । यस्तै फेवा टेलिभिजनका बोर्ड सदस्यहरु लोकेन्द्र कुमार राई , सागर उदास , रुद्र श्रीस मगरको उपस्थिीति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बोर्ड सदस्य लोकेन्द्र कुमार राईले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि फेवा टेलिभिजनका ज्येष्ट सेयर सदस्य रुप बहादुर गुरुङलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । प्रमुख अतिथि ज्येष्ट सेयर सदस्य गुरुङले आफुलाई फेवा टेलिभिजको सदस्य भएर यतिका वर्ष देखि रहन पाएकोमा गर्वको महसुस गर्दै आगामी दिनहरुमा पनि परेको खण्डमा आर्थिक, भौतिक, नैतिक तरिकाले आफु सहयोग गर्न तयार रहको बताउनुभयो । साधारण सभामा बोल्दै टेलिभिजनका अध्यक्ष लिला बहादुर जि.सी ले फेवा टेलिभिजन लिमिटेडलाई प्रा.लि मा लैजाने , टेलिभिजनको स्थानलाई स्थान्तरण गर्ने , नयाँ प्रविधि भित्राउने र इच्छुक नयाँ शेयर सदस्यहरुलाई केही समयको लागि शेयर खुल्ला गर्ने जानकारी दिनुभयो । यस्तै निर्वतमान अध्यक्ष मिन बहादुर गुरुङले अझै पनि सम्पूर्ण शेयर सदस्य मिलेर टेलिभिजनको प्रगतिको लागि सोच्ने हो भने टेलिभिजनले मुनाफा दिने जिकिर गर्दै टेलिभिजनले आवाज विहिनको आवाज बन्दै समाजलाई सकरात्मक सन्देश दिएको बताउनुभयो । सञ्चालक समिति रुद्र श्रीस मगरले डिजिटल माध्यमबाट गएको वर्षको प्रतिवेदन ,समस्य, समस्याको समधान र प्रस्तावको लागि सहजिकरण गर्नुभएको थियो भने यसलाई सम्पूण सेयर सदस्यहरुको माझमा प्रस्तुत टेलिभिजनका प्रबन्ध निर्देशक राजु श्रेष्टले गर्नुभयो थियो । फेवा टेलिभिजनका सम्पूर्ण शेयर सदस्यहरुको तर्फबाट सेयर सदस्य गुणानिधि पाण्डेले टेलिभिजनलाई अगाडि बढाउन आफुहरु तयार रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन फेवा टेलिभिजनका प्रबन्ध निर्देशक राजु श्रेष्टले गर्नुभएको थियो ।

