पोखरा ,श्रावण २७ गते
कालिका बहुमुखी क्याम्पसमा कर्मचारीहरुलाई तालिम
त्रिभुवन विश्वविद्यालयका परिक्षाहरु संग सम्बन्धित कियाकलापहरुलाई प्रभावकारी र समयसापेक्ष गर्ने उद्देश्यले कालिका बहुमुखी क्याम्पस पोखरामा कर्मचारीहरुलाई सुचना प्रविधि संग सम्बन्धित तालिम सुरु भएको छ। त्रि.वि परिक्षा नियन्त्रण कार्यलयको सहयोगमा सोमबार सुरु भएको तालिम २७ गते सम्म चल्ने छ ।
कार्यक्रममा त्रि.वि. परिक्षा नियन्त्रण कार्यालका परिक्षा नियन्त्रक पुष्पराज जोशीले परिक्षाका सम्पुर्ण कार्यहरु कमश अनलाईन मार्फत सम्पादन गरीने र त्यसका लागि परिक्षा संग सम्बन्धीत कर्मचारीहरु सक्षम र नयाँ सफ्टवयर्का बारेमा ज्ञान हुनु आवश्यक रहेको हुदा कालिका बहुमुखी क्याम्पस सगं सहकार्य गरेर तालिम सञ्चालन गरीएको बताए ।
उनले गण्डकी र लुम्बिनी प्रदेशका करीब २०० वटा क्याम्पसबाट २०० जना कर्मचारीहरु सहभागी रहेको तालिमले परिक्षा प्रणालीमा सुधार ल्याउने अपेक्षा सुनाए ।
नियन्त्रक जोशीले सहभागी कर्मचारीहरु बाट त्रि. वि. नाम दर्ता, परिक्षा आवेदन फारम अनलाइन प्रविष्ट तथा अभिलेखीकरण कार्यका लागि तालिम फलदायी रहने बताए।
कार्यक्रममा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतमले परिक्षा सँग सम्बन्धित तालिम सञ्चालनले कर्मचारीहरु दक्ष हुने र परिक्षाका कार्यहरुमा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे, उनले सहभागी हरुलाई स्याम्पसको तर्फबाट स्वागत गर्दै, परिक्षा नियन्त्रण कार्यालयले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।
पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. हरि पाठकले अहिलेको वर्तमान परिस्थितिमा परीक्षाका कामहरु अनचाईन मार्फत सम्पादन गर्दा केहि दुविधाहरु रहेकोमा यस तालिमले उक्त दुविधाहरु हट्‌ने विश्वास व्यक्त गरे। उनले कालिका बहुमुखी क्याम्पसद्वारा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे।
नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका अध्यक्ष कांषराम बुढाथोकिले शुभकामना व्यक्त गरे भने तालिममा विष विज्ञको रुपमा प.नि.का. बल्बुका जिबन कंवर र विपकराज भले परीक्षा सम्बन्धि सफ्टवयरका बारेमा तालिम प्रदान गरे । तालिमको सहजिकरण प.नि.का पोखराका कर्मचारी गोविन्द पौडेल र कालिका बहम्‌ची स्याम्पसका सहायक आस्मम प्रभस इस युवराज गुरु शालीकराम तिमिल्सिना र कर्मचारी हमराज थापाले गरेका थिए।क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पोखराका सहपरीक्षा नियन्त्रक डा. रामनाथ न्यौपानेको अध्यक्षतामा भएको तालिमको संचालन परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी केशव पौडेलले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0