पोखरा ,भदौ १३ गते

कांग्रेस कास्की ले नीतिगत सुधारका लागि नागरिक अभियान” चलाएर देश भरका सरकारी निकायहरुमा
पारदर्शिता, जवाफदेहीता र सेवाग्राही  मैत्री प्रशासन  हाम्रो प्रतिबद्द्ता   बनाउन  र उक्त  उद्देश्य प्राप्तिका  आगामी कदम चालिने नेपाली कांग्रेस कास्कीको कार्यालयको सभाहल चिप्लेढुंगा, पोखरा  मा  पत्रकार सम्मेलन गरि जानकारी गरेको छ । गणेशबहादुर थापा को संयोजकत्व  मा उक्त कार्यक्रम गरिने सम्मेलन मा जानकारी गराइएको हो । आजको कार्यक्रम का सभापति समेत रहनु भएका गणेश बहादुर थापा ले यो अभियान मार्फत प्रशासन मा गहिरो सुधार ल्याउने गरि ११ बुदे आगामी कार्ययोजना सार्वजनिक गर्नु भएको हो । हिजो के भयो , आज के हुँदैछ भन्ने आम नागरिक ले तत्काल लै देख्न का लागि  डिजिटल लगबुक को व्यवस्था अपनाउनु पर्ने जानकारी गराउनु भएको थियो ।
उहाँले प्रत्येक कर्मचारी कतिबेला आउनु हुन्छ , दिनभरी कर्मचारीले गरेको काम को विबरण , जनताले अडिट गर्न पाउने गरि हरेक कार्यलय को बाहिर लगबुक हुनुपर्छ भन्नुभएको थियो । नागरिक ले कुनैपनि सरकारी कार्यलय मा निवेदन वा उजुरी भौतिक वा  ईन्टरनेट दुवै माध्यम बाट दर्ता गर्न सक्ने गरि व्यवस्था मिलाउन र कर्मचारी जहाँ गए पनि विदा को दिन बाहेक सेवा क्षेत्र बन्द गर्न नपाउने व्यवस्था यो  अभियान ले साथ दिने बताउनु भएको छ। उहाँ ले सेवाग्राहीले एक पटक कुनै पनि निवेदन दर्ता गरेपछि बाकी सम्पुर्ण आन्तरिक प्रक्रिया कार्यलय आफैले गर्नुपर्ने विज्ञाप्ति मार्फत सम्मेलन मा बताउनु भएको थियो ।
उहाँले कर्मचारीबाट तोकिएको समयमा सेवा नपाउँदा सेवाग्राहीले पाएको क्षतिको क्षतिपूर्ति सम्बन्धि कर्मचारी बाट असुल गरिने व्यवस्था , कार्यलय मा गरिएको बैठकको निर्णय एक घन्टा भित्र सार्वजनिक गर्ने र एन- नीति- कार्यक्रम २४ घन्टा भित्र वेबसाईट वा सूचनापाटि मार्फत उपलब्ध गराउने ब्यबस्था,कुनै पनि कर्मचारीले दैनिक भुक्तानी वा निकासी विबरण कार्यलय समय सकिएपछी १५ मिनेट भित्र वेबसाईट मा देखिने गरि राख्ने व्यवस्था मिलाउन र संविधानले परिकल्पना गरेको सुशानलाइ व्यबहार मा उतार्दै नागरिकलाई अधिकार सम्पन्न र कर्मचारीलाई जवाफदेहि बनाएर राज्य र आम नागरिकबिचको सम्बन्ध नजिक बनाउन र voiceless भएका जनताका आवाज लाई कार्यन्वयन गर्न  यो अभियान ले मद्दत गर्ने भएको बताउनु भएको थियो ।  साथै ११ वटा अभियानको चरण कार्यक्रम पनि प्रस्तुत गर्नु भएको थियो । उक्त   चरण  बद्द गरिने कार्यक्रमहरु अन्तर्गत
१ पत्रकार सम्मेलन
२ अभियानमा सामेल हुन र समन्वय गर्न अन्य राजनैतिक दललाई आव्हान
३ गण्डकी प्रदेशको अन्य जिल्लाहरुका नेपाली कांग्रेस जिल्ला कार्यासमितीलाई अभियान बारे जानकारी
४ नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा अभियान दर्ता
५ कास्की जिल्लामा अन्य प्रमुख राजनैतिक दलका नेता तथा भातृ तथा सुभेक्छुक संस्था  सङ्ग  बैठक
६ मुख्यमन्त्रि, प्रदेश सभा सभामुख, पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत निति निमांज तथा कार्यन्वयन सग सम्बन्धित कार्यालय, संसदिय समिति, संवैधानिक निकायका प्रमुखलाई अभियानमा उल्लेख ऐन कार्याविधि लागु गर्न माग पत्र बुझाउने
७ प्रदेश, जिल्ला, पालिका तथा प्रमुख कार्यालयका प्रमुख सग एकल तथा सामुहिक वार्ता
८ कर्मचारी युनियन, संगठन सग छलफल
९ प्रदेश, जिल्ला र पालिका कार्यसनितीहरु तथा जनताको भिडहुने कार्यालयका प्रमुखको ध्यान आकार्षणका लागि कार्यालय अगाडी पाष्टर व्यानर
१० पोखरा उद्योग वाणिज्य संघ, गण्डकी प्रदेश उद्योग परिसंघ, पोखरा औधोगिक क्षेत्र उद्योग संघ, च्यान्सर अफ कमर्श, विर्माण व्यसायीक संघ, पत्रकार महासंघ, पृथ्वी राजमार्ग संचालन समिति, नगरवस समिति, मानव अधिकार लगायका जनता र उद्योग व्यवसाय सग सम्बन्धित सस्थाका प्रमुख भग छलफल तथा  अन्तक्रिया  र
११ कोण सभा
त्यस अन्तरमध्य पत्रकार सम्मेलन आज सम्पन्न भएको छ।
कार्यक्रम का प्रमुख अतिथी रहनु भएका किशोर दत्त बरालले यो अभियान नियमित बैठक बाट सुझाव सल्लाह लिइ  केन्द्र स्तर बाट सल्लाह गरेर यो अभियान चलाउन लागेको बताउनु भएको थियो । उहाँले  राष्ट्रको कुनै पनि सामुहिक समस्या , साझा समस्या हरुलाइ यो अभियान ले अगाडि बढाएर लैजाने विस्वास  दिलाउनु भएको छ।  यो अभियान ले  सरकारि कर्मचारी ले गरेका काम कारवाही हरु लाई  पारदर्शी बनाउन  र  अनिमियता तथा आम नागरिकको सेवा मा हुने ढिलाइ लाई व्यबस्थित पार्न  वा सेवा ग्राही र सेवा दिने बिचको सम्बन्ध  सुधार गर्न यो अभियान  चलाएको बताउनु भएको थियो । यो नेपालि काङ्ग्रेस  पार्टी मात्र सामेल भएर यो अभियान चलाउन खोजेको होइन यस्मा सम्पुर्ण आम नागरिक , अन्य राजनीति क दल मिलेर नै यो अभियान संचालन गर्न लागीएको बताउनु भएको थियो । तर यो अभियान को थालनी वा सुचक भने नेपाली काङ्ग्रेस नै हो भनी बताउनु भएको थियो । यो अभियान शुरु गर्दै मा आजको आजै रिजल्ट आउँछ भन्ने होइन त्येसको  लागि बिस्तारै पालिका स्तरमा , प्रदेश स्तरमा र केन्द्रिय स्तरमा हुँदै समग्र देश मा भएको अव्यवस्थित सेवा लाई चुस्त दुरुस्त बनाउन, सरकारी तहमा नितिगत सुधार  , सुशासन कायम गर्न यो अभियान प्रारम्भ गरेको जिकिर गर्नु भएको थियो ।  अन्तमा उहाँले दवाब नभैकन कुनै खवरदारी नहुने भएकोले जोडदार रुपमा यो अभियान चलाएको बताउनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0