पोखरा ,भदौ १२ गते
राष्ट्रिय घर निर्माण फेस्ट २०८२ आयोजना पोखरा मा भदौ १३ र १४ गते  अम्मरसिंह खेलमैदान मा हुने भएको छ।
स्किल सेवा पोखरा को आयोजना मा  पहिलो पटक घर निर्माण फेस्ट  २०८२  महोत्सव आयोजना हुने भएको छ । नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उदेश्यका साथ हुन गइरहेको यो महोत्सव निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको चर्चा गर्ने  उक्त कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन मा जानकारी गराइएको थियो ।
महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी हुनेभएको बताइएको छ । जसमा विभिन्न निर्माण सम्बन्धित कम्पनिहरु र बैंकको स्ट्ल  पनि रहने कम्पनीले जनाए‌को छ।  महोत्सवले आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापन मार्फत घर निर्माणका नवीनतम अवधारणाहरूलाई व्यवहारमा व्यवहार उतार्न सहयोग पुर्याउने अपेक्षा राखेको  बताएको छ। कम्पनिका अनुसार यस कार्यक्रम मार्फत कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने उयायहरुको बारेमा बताउने छ जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डि, ग्लास, टाएल्स् प्रयोग गर्ने बारे पनि सिकाउने छ। साथसाथै लेवर व्यवस्थापन, डिजाइन, रेक्ट्‌याइगुलर निमार्ण योजना, निमार्ण अवधि देखि फ्लोलिङ्ग र समापन सम्मको स्टेप-बाइ-स्टेप बताउने भएको  छ ।
प्रदर्शनीमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरूको प्रस्तुति हुने भएका   छन्। यसका अतिरिक्त, लगानी जुटाउने र साझेदारीका अवसरहरू समेत उजागर गरिने छन् जसले समय आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ। यस कार्यक्रमवाट लाभ उठाउन आह्वान गर्दै कार्यक्रम संयोजक तथा स्किल सेवा पोखराका संचालक समन कुवरले भनेका थिए , ‘हरेक व्यक्तिको लागि आफ्नो घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो त्यसैले यस सम्पत्तिलाई भरपर्दो , सुरक्षित र दिगो बनाउनु अत्यावश्यक  रहेको कार्यक्रम बताउनु भएको छ।”
उक्त फेस्ट विहान १० बजे देखि शुरु हुने भएको छ र ३२ वटा स्टल रहने भएको बताइएको छ। जसमा करिव पांच हजार भन्दा बढिको सहभागीता हुने आंकलन  गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0