
पोखरा ,कार्तिक ३० गते
जेन जी आन्दोलनमा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने लुटिएको हतियार सहित २ जना पक्राउ परेका छन ।
मिति २०८२।०५।२४ गते जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरुमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा अनुसन्धान गर्दै जाँदा कास्की प्रहरीद्वारा खोजतलास तथा अनुसन्धानको क्रममा मिति २०८२।०७।२८ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०५ जिरो कि.मि. बस्ने वर्ष ३१ को श्याम बहादुर तमाङ र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०२ वने वर्ष २२ को सागर राउतको साथबाट १ राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको थान-१, काठको बटको भाग थान-१ र मोबाईल थान-२ बरामद भएको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
जिल्ला प्रहरी कार्यालय, कास्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

