
पोखरा ,मङ्सिर १ गते
कफी खेती गरौं, स्वरोजगार बनौं”भन्ने नाराका साथ २१ औँ राष्ट्रिय कफी दिवस–२०८२ छलफल एवं कफी कपिङ कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय, पोखरा ले आयोजाना गरेको २१ औँ राष्ट्रिय कफी दिवस–२०८२ छलफल एवं कफी कपिङ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम को प्रमुख अतिथि पो .म .न .पा .वडा न. ७ का वडा अध्यक्ष श्री राम मोहन आचार्य ले गर्नु भएको थियो भने कार्यक्रम को अध्यक्षता राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखरा का निमित्त क्षेत्रीय निर्देशक श्री चन्द्र पुरी ले गर्नु भएको थियो। निर्देशक चन्द्र पुरीले कफी खाँदा जति मिठास छन् त्येतैनै यसको व्यथा पनि विशिष्ट छ। यो यौटा ट्रेड व्यापार हो। कफीको व्यापार ले गर्दा आज धेरै राष्ट्रको आर्थिक सबल भएको पाइन्छ। कफी खेति नेपालको सम्भावित बालीको रुपामा चिनिन्छ,जसले गर्दा कफी खेति नेपाल जस्तो मुलुक मा प्राथमिकता पाएको छ। राष्ट्रिय दिवस मनाइरहंदा कफी को अनुसान्धान लाइ जोड दिएर अनुसान्धान मार्फत नै कफी स्रोत विकास केन्द्र जोडेर लैजाने भनि बताउनु भएको थियो। उहाँले गुल्मी मा करिब ५०० रोपनी क्षेत्रफलको जग्गा मा NRN ले कफी खेति लाइ जोड दिइरहेको , ४ बर्ष अघिको तथ्यांक अनुसार नेपाल मा ६,०००/- क्याफे रहेको , नेपाल को नर्थ बेल्ट मा कफीको उत्पादन हुने भएकाले संसार मा कफी को उच्च मूल्यमा बिक्रीवितरण भएको ,मध्य पहाडि राजमार्ग केन्द्रित कफीको सम्भावना रहेको ,कफिमा ३६ थरिका बास्नाहरु आउने भएको र नेपाल मा १००% अराबिका जातका कफी खेति गरिरहेको बताउनु भएको थियो। उहाँले कफीको पृष्ठभूमि बारे बताउंदै कफी प्रमुख पेय पदार्थहरूमध्ये एक नरम पेय पदार्थ हो,व्यापारिक कारोबारका हिसाबले कफी विश्वमा पेट्रोलियम पदार्थपछि दोस्रो ठूलो परिमाणमा बिक्री–वितरण हुने वस्तु हो,कफी संसारका ७० भन्दा बढी देशमा उत्पादन हुने गर्छ,विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने देश ब्राजिल हो भने सबैभन्दा बढी खपत /उपभोग गर्ने देश अमेरिका हो,कफीमा स्फूर्तिलो बनाउने क्याफिन तत्व हुन्छ ,यसले मानिसलाई मानसिक तथा शारीरिक थकान हटाउने, निद्रा कम गर्ने विभिन्न अध्ययनहरूले देखाएका बताउनु भएको थियो। निर्देशक चन्द्र पुरीले कफी उत्पादनको इतिहास बारे बताउंदै ९ औँ शताब्दीमा इथियोपियाको कफा प्रान्तमा काल्दी नामक बालकले आकस्मिक रूपमा पत्ता लगाएको ,१५ औँ शताब्दीमा यमन, पर्सिया , इजिप्ट, सिरिया, टर्की र साउदी अरबमा कफीको उपयोग र व्यापार विस्तार हुँदै गएको ,१६ औँ शताब्दीमा भेनिस, अष्ट्रिया , हल्याण्ड, फ्रान्स र जर्मनीमा कफीको प्रयोग फैलिएको ,१७ औँ शताब्दीसम्म आइपुग्दा युरोपमा ३०० वटा कफी हाउसहरू (Coffee Houses) स्थापना भइसकेका ,कफी उपभोग गर्ने देशहरु अन्तर्गत Finland,Norway,Iceland,Denmark,Netherlands,Sweden,Switzerland,Belgium,Luxembourg,Canada रहेको ,२०७९ /२०८० सम्म कफी विस्तार भयको जिल्लाहरुको संख्या ४३ वटा , नेपाल मा कफी खेति जग्गाको अवस्था अन्तर्गत kitchen garden,10-50 plants, farmers group/Coffe Co operatives.upto 30 ha. Land leasing farming > 10 ha . estate level farming >10 Coffe estates (50 ha. Largest one) ,private farm -up to 0.25 to 2.7 ha.गुणा फाइदा जनक रहेको ,कफीको संस्कृति बढ्दै गएको ,निर्यात बढाइ विदेशी मुद्रा आर्जन गर्न सकिने ,आन्तरिक रोजगारी सीर्जना गर्न सकिने ,कफी पर्यटनको प्रवद्द्न गर्न सकिने ,कफी खेति बालि बिमा लागु भएको ,अन्य अवसर अन्तर्गत वातावरण स्वच्छ तथा सन्तुलन राख्ने ,कृषि-वन खेति प्रणाली संग मिल्ने ,मध्य पहाडि क्षेत्रको जानिन उपयोग गर्न सकिने ,बाँदर लगाएत अन्य जंगली जन्तुबाट असर कम हुने अमेरिकी डलर १५/१६ प्रति केजी का दरले निर्यातको उच्च सम्भावना , स्थानिय सरकारको कफी खेति प्रति रुचि बढ्दै गैरहेको , नेपाल मा कफी अन्तर्गत प्राकृतिक बरदान ,अरबिका प्रजाति ,अर्गानिक भुमि ,स्वच्छ व्यापार , हिमाली गुणस्तर ,हाते टिपाइ छायादार कफी ,सन्तुलित स्वाद भएको , निर्देशक चन्द्र पुरीले कार्यक्रम मा बताउनु भएको थियो। उहाँले कफीको उत्पादन वृद्धिमा स्थानीय सरकारको भूमिका अन्तर्गत स्थानीय सरकारले उत्पादनमुखी कार्यक्रमहरु जस्तै नर्सरी विरुवा उत्पादन, कफी रोपण तथा प्राविधिक तालिमहरु संचालन गर्ने ,सकेसम्म कफी विस्तार गर्न सकिने सम्भावना रहेका क्षेत्रहरूमा वडास्तरमा तथा नसके गाउँपालिका स्तरमा अनिवार्य कफी नर्सरीको स्थापना गर्नुपर्ने ,पालिकास्तरमा न्युनतम ५० रोपनीको चक्लाबंदिमा आधारित कफी बगैचा स्थापना गर्न बजेट विनियोजन गर्न सकिने ,
समुह/सहकारीमा आधारित र कफी खेति प्रणालीलाई, प्रोत्साहन गर्न र मोॲनुरूप इच्छुक लाई प्राविधिक तालिम संचालन गर्नुपर्ने ,कफी खेतीमा अनिवार्य विमा लागू गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने , कफी खेतीका लागि स्थानीयस्तरमा पूर्वाधार निर्माण गरिनुपर्ने,प्रदेश सरकारको भूमिका अन्तर्गत प्रादेशिक कफी खेति विस्तारको लागि प्रादेशिक कफीनीति तर्जुमा गरि अगाडि बढ्नुपर्ने ,कफी खेति हुने उपयुक्त क्षेत्र छनोट गरि नियमित कार्यक्रम संचालन गर्नुपर्ने, कफीको बजारीकरणका लागि प्रदेशस्तरमा संचालित सरकारी गैरसरकारी तथा अर्धसरकारी कार्यालयहरुमा अनिवार्य नेपालमै उत्पादित कफी सेवन/प्रयोग गर्ने व्यवस्था लागु गर्न , सम्भावित जिल्लाहरुमा कफी सम्भाव्यता अध्ययन गर्नुपर्ने, कफी कृषकहरुको लागि उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्न सकिने,कफी हने संभावित क्षेत्रहरूमा कम्तिमा ५० रोपनीको चक्लाबन्दीको अवधारणा अनुसार कफी बगैचा स्थापनामा सहयोग गर्नुपर्ने,बोर्डको भावी कार्य योजना अन्तर्गत बोर्डको ऐन तथा कफी नीतिलाई समुयसापेक्ष बनाउन संसोधनको तयरी गर्ने र तत्काल लागु गर्ने वातावरण तयार गर्न ,चक्लाबन्द्रीमा कफी खेती विस्तार, ५० हजार नर्सरी विरुवा उत्पादन र मध्यपहाडी लोकमार्गमा कफी विस्तार जस्ता कार्यक्रमहरूलाई प्राथमिकताका साथ संचालन गर्ने,नेपाली कफीको गुणस्तरिय उत्पादनमा विस्तार र वृद्धि गर्दै बजार विस्तार गर्ने,कृफी कृषक, नर्सरी, उद्यमी तथा प्रशोधनकर्ताको सूचिकरण तथा वर्गिकरण,नेपाली कूफ़ीको आन्तरिक तथा अन्तराष्ट्रिय रुपमा प्रवाद्धनात्मक कार्यक्रम संचालन गर्न,कफी कृष्क्रहरुलाई प्रोत्साहन मूलक कार्यक्रम तथा युवा लक्षित कार्यक्रम गरिने निर्देशक पुरीले कार्यक्रम मा बताउनु भएको थियो।कार्यक्रम मा युवा व्यबसायी दाहाल ले कफिमा क्वालिटी कन्ट्रोल वा चेक जांच गर्नु जरुरि छ ,बोर्डले कफीको उचित मूल्य निर्धारण गर्नु पर्दछ ,वारिष्ठाहरुको दक्षता कति बर्ष हुनुपर्दछ भन्ने अवधारणा बोर्ड ले ल्याउनु पर्दछ,युवा व्याबसायिहरुलाई कफी को अवलोकनमा लैजानु पर्ने रहेको बताउनु भएको थियो। प्रमुख अतिथि समेत रहनु भएका पो. म .न .पा .वडा न ७ का वडा अध्यक्ष श्री राम मोहन आचार्य ले राज्यले Policy ल्याउनु पर्दछ। कफी पिउनको लागि हामीले तल्लो तहमा बुझाउन सक्नु पर्दछ ,हामीले त्यो कुरा बुझाउन सकिएको छैन ,यस्ता कार्यक्रम लाइ सप्ताहाव्यापी गराउनु पर्दछ। विशेष गरेर यस्ता कार्यक्रमहरुको विशेष बहस गर्न सक्नु पर्द्छ। जसले गर्दा गाउँबाट केन्द्र सम्म पुर्याउन सकिने उहाँले बताउनु भएको थियो।

