
पोखरा ,मङ्सिर ३ गते
बाला चतुर्दशी व्रत हिन्दू धर्ममा मनाइने एक महत्वपूर्ण धार्मिक पर्व हो। मुख्य रूपमा लक्ष्मी–नारायण, शिव–पार्वती तथा पितृहरूको सम्झनामा यो व्रत गर्ने गरिन्छ। यस दिन शतबिज (१०० प्रकारका बीउ) छर्ने परम्परा ले सबैभन्दा प्रसिद्ध बनेको छ। यो व्रत मार्गशीर्ष (मंसिर) कृष्ण पक्षको चतुर्दशी तिथिमा मनाइने गरिन्छ । विशेष गरी राति जाँगर बसालेर (रातभर जाग्राम) पूजा गर्ने र भोलिपल्ट बिहानै शतबिज छर्ने गरिन्छ।पुरातन कथाअनुसार एक व्यक्तिको नाम बाला थियो।उनको मृत्यु भएपछि उनको आत्माको उद्धारका लागि उनकी आमाले चतुर्दशीको दिन शतबिज छरेर पुण्य कमाउने व्रत गरेकी थिइन त्यसैले आजको दिन गरिने कर्म पितृ उद्धारसँग जोडिएकाले यसलाई बाला चतुर्दशी भन्ने गरिन्छ। यस दिन भक्तजनले १०० प्रकारका बीउ (कसैले ७, १४ वा ५१ बीउ पनि) लिएर तीर्थ वा मन्दिर परिसरमा छर्ने गर्छ्न । यसको अर्थ,पितृहरूको आत्मालाई शान्ति मिलोस,पाप–ताप नाश होस,जीवनमा समृद्धि र सु-आरोग्य प्राप्त होस्,सबैभन्दा प्रसिद्ध शतबिज छर्ने स्थानहरू अन्तर्गत पशुपतिनाथ क्षेत्र (काठमाडौं),गुह्येश्वरी,सिरुबा री, धादिङ अन्य शिवालयहरू पर्ने गर्द्छन । यसरी शतबिज छर्ने परम्परा गर्ने गरिन्छ ।पितृ उद्धार र मोक्ष प्राप्तिको दिन जन्म–मरणका पाप नाश हुने विश्वास,परिवारमा सुख–शान्ति र समृद्धि बढ्ने,आत्मा र कर्म दुवै शुद्ध हुने भएकोले बाला चतुर्दशीको महत्व बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

