पोखरा ,मङ्सिर २ गते

मङ्सिर १३ गते शनिवारको दिन छैटौं योमरी महोत्सव एवं सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ। कास्की का निशा पुच हरुको आवहान र पो. म .न. पा .वडा न ४ मा रहेका ५ वटा निशा पूचहरुको समन्वयमा उक्त कार्यक्रम गर्न लागिएको पो .म .न. पा .वडा न .४ का वडा अध्यक्ष्य श्री देवकृष्ण पराजुली ले बताउनु भएको छ। उक्त कार्यक्रम मा योमरी प्रतियोगिता र खानाका परिकारहरु स्टलहरु पनि रहने छ भने कार्यकम मा विधालायहरु बाट विधार्थीहरुको नृत्यहरु ,अन्य प्रस्तुतिहरु समावेश हुने भएको छ। त्यसका साथ् साथै लक्ष्यब्याण्ड को साँगेतिक कार्यक्रम पनि प्रस्तुत हुने अध्यक्ष श्री देवकृष्ण पराजुली ले बताउनु भएको छ। उक्त दिन बिहान ११ बजे पुरानो पो . म .न .पा .वडा न ४ को कार्यालय बाट प्रभात फेरी र्‍याली शुरु हुने र उक्त र्‍याली पालिखेचोक ,महेन्द्रपुल ,चिप्लेढुंगा ,सिदार्थचोक ,रामकृष्ण टोल हुँदै गणेश टोल को गणेश मन्दिर परिसरमा आएर उद्घाटन कार्यक्रम तय हुने भएको छ। योमरी महोत्सव एवं सांस्कृतिक कार्यक्रम लाइ सफल बनाउन का निमित्त सम्पुर्ण वडाबासीहरु ,आम पोख्रेली दाजुभाइ दिदीबहिनीहरु र सम्पुर्ण नेपाली भाषीहरुलाई उक्त दिन सहभागी हुन् अध्यक्ष श्री देवकृष्ण पराजुली ले हार्दिक अनुरोध गर्नु भएको छ। कार्यक्रम मा योमरीका परिकारहरु साथ् साथै विभिन्न सांस्कृतिक कार्यक्रम तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी भै कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सम्पुर्ण पोख्रेलीहरुलाई पुन : हार्दिक अनुरोध गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0