पोखरा,मङ्सिर ५ गते
कालिका बहमुखी क्याम्पस, पोखरामा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रम उत्प्रेरक दिपेन्द्र पहारीले कलेजमा सिकेका ज्ञानहरुले समग्र जीवनका लागीनै जग बसाल्ने कुरा बताउँदै आगामी दिनमा एक असल विद्यार्थीले निभाउनुपर्ने भुमिकाका बारेमा प्रकाश पारेका थिए ।.
क्याम्पस प्रमुख बिरन्जी गौतमले सम्पूर्ण नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै, नियमीत कक्षामा उपस्थित  हुने,, किताब , नोट अध्ययन सामाग्रीको राम्रो व्यवस्था मिलाउने, कार्यतालिका निमार्ण गरी त्यसको पालना गर्ने, आम्दानी अनुसार खर्च गर्ने वानी बसाल्ने, विद्यार्थीलाई दिएका सुविधा पूर्ण रुपमा उपयोग गर्ने, नयाँ विद्यार्थी  वनाउने र एक अर्कामा सहयोगको भावना कायम गर्ने, क्याम्पसमा अतिक्ति क्रियाकलापहरुमा सहभागी जाउने , स्वास्थ्यलाई प्राथमिकतामा राख्ने र प्रश्न गर्न नडराउने प्रवृत्तिको विकास गरेर आफना् लक्ष्य हासील प्राप्त गर्न सकिने हँुदा त्यही वमोजिमको वातावरण कालिकाले निर्माण गरेको बताए । क्याम्पसले प्राप्त गरेका उपलब्धीलाई थप उचार्ईमा पुर्याउन नव आगन्तुक विद्यार्थीहरु क्रियाशिल रहने आशा क्याम्पसले लिएको बताए । यसै गरी सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सीना र युवराज गुरुङ्गले अध्ययनका सिलसिलामा विदेशिएका विद्यार्थी र तिनिहरुका अभिभावकहरुको पिडा सुनाउदै हामी सबै मिलेर  स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने अठोटका साथ अगाडी बढन विद्यार्थीहरुलाई प्रोत्साहित गरे । कार्यक्रममा कविता वाचन , मुक्तक तथा सांस्कृतिक नृत्य प्रस्तुति गरिएको थियो । कक्षा १२को आयुस मान  आचार्यको  अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी कक्षा १२ रचना  सुनार र  तेजेन्द्र केसीले  राखेका थिए भने कार्यक्रम सञ्चालन कक्ष १२ को श्री कृष्ण गुरुङ्ग  र श्री  सग्दिक्षा केसीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0