पोखरा ,मङ्सिर ७ गते
लेखनाथ उद्योग वाणिज्य संघको २१ औं संस्करणको लेखनाथ  महोत्सव २०८२ पौष  ०३ गतेदेखि पौष १४ गतेसम्म पोखरा महानगरपालिका वडा न २७ डाडाँकोनाक , तालचोक मा हुने भएको छ ।बि.सं २०५९ र ६० मा सुन्तला प्रदर्शनी हुँदै २०६१ मा सुपथ मुल्य बजारसँगै अनवरत रुपमा संचालन हुदै आईरहेको लेखनाथ महोत्सव ले लेखनाथ  क्षेत्रको समग्र आर्थिक विकास र उद्योगी व्यतबसायीको हकहितको संरक्षण र संवर्द्धन गर्ने मुख्य उद्देश्य राखेको छ ।
समय सापेक्ष महोत्सबलाई परिमार्जन गर्दै नेपालकै उत्कृष्ट मेला महोत्सवको रुपमा लेखनाथ महोत्सव ले  स्थापित गराउन सफल पनि भएको छ ।स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, स्तकलाका वस्तुहरुको बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलता र स्वदेशी उत्पादनलाई जोड दिदै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित बस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्य  मेलाको रहेको छ । विषम आर्थिक परिवेशमा लेखनाथ महोत्सवको आयोजना गरिनु आफैमा एक चुनौतीपूर्ण कार्य हो तर पनि व्यवसायी तथा आम सर्वसाधरणहरुको खस्किएको मनोवल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराई बजारलाई गतिशिल बनाउदै आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने लेखनाथ उधोग बाणिज्य  संघले कर्तव्य र जिम्मेवारी बोध गरेको आयोज को भनाइ  छ ।
“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” २१ औ लेखनाथ महोत्सव २०८२ को मुल नारा रहेको छ । २०८२ पौष ०३ देखि १४ गते सम्म संचालन हुने २१ औ लेखनाथ महोत्सव २०८२ को आयोजक लेखनाथ उद्योग बाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ भने सहआयोजक उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेश ,  र मुख्य प्रायोजक गृहलक्ष्मी ग्यास कम्पनी प्रा.लि रहने भएको छ । सह प्रायोजक BLC ग्रुप नर्भिक हस्पिटल, पशुपति विस्कुट, हेटौडा डेरी रहेको छ । स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, स्तकलाका वस्तुहरुको बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलता र स्वदेशी उत्पादनलाई जोड दिदै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित बस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्य महोत्सव रहेको छ ।
महोत्सवका आकर्षणहरु मा ,औद्योगिक व्यापार मेला, हस्तकलाका सामात, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेल्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्रीहरु, सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, लेखनाथक्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी,वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी महोत्सवको आकर्षणको रुपमा एशियाको ज्योतिक रुपमा चिनिने शान्तिकादुत गौतम बुद्धको प्रतिमा रहने,Business talk show कार्यक्रम,जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झांकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम,शैक्षिक प्रदर्शनीहरु विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धि टिकटक प्रतियोगिता,महोत्सव प्रर्वद्धन contain creator प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याड्य) कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् ।महोत्सवमा ३३५ वटा स्टल रहने छन्
जसमध्ये अटो प्रदर्शनी स्टल ६, शैक्षिक/ग्रामिण प्रविधि प्रदर्शनी ८, कृषि प्रदर्शनी ३४, किचन सामाग्री २७, मेशनरी ८, हस्तकला प्रदर्शनी १८, गार्मेन्ट तथा रेडिमेट १२२, जनरल ३४, फड एण्ड बेभरेज प्रदर्शनी १४) डेरी प्रदर्शनी १०, नेपाली उत्पादन प्रदर्शनी १२, खाना महोत्सव १५, बैंक तथा वित्तिय संघसस्था तथा प्रायोजक अन्तर्गत २७ स्टल रहने छन्।  संघका सदस्यहरुलाई स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप रु २०००। रकम छुट उपलव्ध गराउने आयोजक ले जनाएको छ । महोत्सव मा सदस्यहरुका लागि    स्टल बुकिङ भोलि मंसिर ८ गते देखि खुल्ला गरिने छ भने  अन्य व्यवसायीहरुका लागि मंसिर १५ गते देखि बुकिङ खुल्ला गरिने आयोजक ले जनाएको छ ।
महोत्सवको  प्रवेश टिकट दरः विद्यार्थीका लागि रु ५०/- सर्वसाधारणका लागि रु १००।/- छ भने  सुगमसंगित टिकट कन्सर्ट का लागि रु २००/- रहने भएको छ। महोत्सव को अनुमानित आम्दानी रु ९५ लाख , अनुमानित खर्च ८५ लाख  हुने आयोजक ले जनाएको छ । बचत रकमवाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशिलता विकास, औद्योगिक क्षेत्र निर्माणको लागि पहल, पर्यटन प्रवर्द्धनमा विकास साथै सामाजिक उत्तरदायित्वका कार्यहरुमा खर्च गरिने कार्यक्रम मा आयोजक ले बताएका छ्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0