पोखरा ,मङ्सिर २१ गते
पोखरा उद्योग वाणिज्य संघ (PCCI) द्वारा आयोजना गरिएको नेपाल मणिपाल अस्पताल ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औं क्यान इन्फोटेक २०८२ को समापन पोखरा महानगरपालिका का प्रमुख श्री धन राज आचार्य ले गर्नु भएको थियो। मेयर धनराज आचार्य ले पोखरा महानगरपालिका ले रोजगारी सिर्जना मा र व्यबसाय विकास को लागि विभिन्न किसिमको तालिम र परामर्श सेवा दिदै आइरहेको बताउनु भएको थियो। लगानीको संवर्द्धन: उद्योग–व्यवसायको प्रवद्र्धन” मेलाको मुख्य उद्देश्य  रहेको थियो।

मेलाले उद्योग, कृषि, हस्तकला, सूचना–प्रविधि, स्वास्थ्य, पर्यटन लगाएत क्षेत्रका उत्पादन र सेवाहरूको प्रदर्शनी र बिक्री गर्ने थलो मेलाको मुख्य उद्देश्य बनाइएको थियो। औद्योगिक उत्पादन कम्पनी, हस्तकला व्यवसायी, महिला उद्यमी, कृषि तथा कृषि उपकरण सम्बन्धि व्यवसायी, सूचना–प्रविधि (IT) कम्पनी/स्टलहरु, स्वास्थ्य / सेवा प्रदायक लगाएत विविध क्षेत्रका व्यवसायी तथा प्रदर्शकहरु मेलामा सहभागी थिए। सूचना–प्रविधि भाग (क्यान इन्फोटेक): १३औँ क्यान इन्फोटेक अन्तर्गत, पछिल्लो समय बजारमा आएका नयाँ प्रविधि, IT उपकरण, सफ्टवेयर/हार्डवेयर, साइबर सुरक्षा-सम्बन्धि जानकारी, ICT उत्पादनहरु, र सम्भावित सेवाहरु (जस्तै कम्प्युटर, मोबाइल, अन्य इलेक्ट्रोनिक) को प्रदर्शनी र बिक्री हुने व्यवस्था गरिएको थियो।

आयोजक अध्यक्ष गोकर्ण कार्की ले पछिल्लो समय (जेन–जी आन्दोलनपछि) निजी क्षेत्रमाथि परेको असर एवं व्यावसायिक मनोबल खस्किएको बेला, मेलाले व्यवसायीक मनोबल पुनर्स्थापना गर्ने, लगानीका नयाँ सम्भावनाहरु खोल्ने र व्यवसायी–उद्यमीहरुको हौसला बढाउने, व्यावसायिक र आर्थिक वातावरणको पुनरुत्थान गर्ने उद्देश्य राखेको  बताउनु भएको थियो। हो। प्रत्यक्ष उत्पादक र उपभोक्ता भेटघाट तथा बजार संवद्र्धन: मेलाले उत्पादक तथा उपभोक्ता बीच प्रत्यक्ष सम्पर्कको मौका दिने, स्वदेशी उत्पादन र सेवाहरुको बजार पहिचान र प्रवद्र्धन गर्ने, तथा पोखरा र गण्डकी प्रदेशको उद्योग र व्यापारलाई बढावा दिन योगदान पुर्‍याउने उद्देश्यले मेलाको आयोजना गरिएको अध्यक्ष कार्की ले बताउनु भएको थियो।

स्थानीय उद्योग, व्यवसाय, कृषि, हस्तकला, IT र स्वास्थ्य जस्ता धेरै क्षेत्रलाई एउटै प्लेटफर्ममा ल्याउने माध्यम हो — जुनले स्थानीय उत्पादनलाई बजार दिने, रोजगार सिर्जना गर्ने, र आर्थिक गतिविधिमा गति दिन का लागि मेला आयोजना गर्ने गरियको अध्यक्ष गोकर्ण कार्की ले बताउनु भएको थियो। यो मेलाले मात्र मनोरञ्जन मात्र होइन, व्यावसायिक अवसर, लगानी प्रवर्द्धन, उद्योग–व्यवसाय–खेति–IT–स्वास्थ्य–पर्यटन बीचको समन्वय र नयाँ द्वार खोल्ने भूमिका पनि खेलेको बताउनु भयको थियो। वर्तमान आर्थिक मन्दी र सञ्चार–प्रदर्शनीको कमीको समयलाई पार गर्दै, व्यवसाय पुनरुत्थान र नयाँ सम्भावनाको खोजीको एक राम्रो मौका हो भन्ने आयोजकहरुको विश्वास रहेको छ। अध्यक्ष कार्कीले मेला को समापन मा बोल्दै ,जेन – जी को आक्रमण बाट व्यबसायी तथा उधोगी माथि भएको आक्रमण पुन नदोरि व्याबसायिहरुलाई व्यापार गर्न सम्मान पुर्वक वातावरण बनोस भन्ने कामाना समेत व्यक्त गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0