
पोखरा,मङ्सिर २२ गते
३१.८ ग्राम लागू औषध ब्राउनसुगर सहित ५ जना मानिस पक्राउ
मिति २०८२।०८।१९ गते जिल्ला कास्की पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय शिशुवा कास्की र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको सयुक्त प्रहरी टोलिले निम्न स्थानबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१.०८ ग्राम सहित ५ जना मानिसहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
नियन्त्रणमा लिएका व्यक्तिहरु र बरामद सामसानको फोटो :-
1. मिति २०८२।०८।१९ गते अं.१४:०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३१ बेगनास बस्ने वर्ष ३० को मिलन क्षेत्रीको साथबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १.८ ग्राम र मोबाईल थान-१ बरामद भएको । प्रारम्भिक अनुसन्धानबाट सो घटनामा जिल्ला कास्की पोखरा म.न.पा. ३० बेगनासताल बस्ने वर्ष २१ को अतित थापाको समेत संलग्न रहेको खुल्न आएको हुँदा निजलाई समेत पक्राउ गरिएको । 2. मिति २०८२।०८।१९ गते अं.१६:०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २७ रिठेपानी घर भई हाल ऐ. ३० शिशुवा बस्ने वर्ष २३ को हसन भण्डारीको घरमा लुकाई छिपाई राखेको लागू औषध ब्राउनसुगर जस्तो देखीने धुलो पदार्थ ११ ग्राम बरामद भएको । प्रारम्भिक अनुसन्धानबाट जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा म.न.पा. वडा नं.२७ शिसुवा बस्ने वर्ष ३९ को उदिप गुरुङ समेतको संलग्न रहेको खुल्न आएको हुँदा निजलाई समेत पक्राउ गरिएको ।
3. मिति २०८२।०८।१९ गते अं.१८:०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २६ जलधारे बस्ने वर्ष ४३ को बिक्की परियारको साथबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १९ ग्राम, डिजिटल मेसिन थान-१ र मोवाईल थान १ समेत बरामद गरिएको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

