पोखरा ,माघ ६ गते
पोखरा महानगरपालिका वडा नं. १५ द्वारा आयोजित बृहत् खेलकुद महोत्सव सोमबारदेखि शुभारम्भ भएको छ । माघ १० गतेसम्म चल्ने यो चौथो संस्करणको उक्त महोत्सवको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर बास्केटबल, रस्साकस्सी, दौड, ह्वीलचेयर दौड साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिस्पर्धा हुनेछ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न सङ्घसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ ।
महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार अघिल्ला तीन महोत्सवभन्दा थप परिष्कृत बनाइएको छ । महोत्सव उद्घाटन अघि बाजागाजा सहित झाकी र्याली निकालिएको थियो । वडाध्यक्ष तोरणबहादुर बानियाँले स्थानीय तहमा खेलकुदको माध्यमबाट समुदायको सर्वाङ्गीण विकासमा केन्द्रित रही महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल सङ्ख्या र पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । १७ वटा इभेन्टमा हुने प्रतियोगितामा ५ लाख ८८ हजारभन्दा बढी पुरस्कारमा खर्च हुनेछ ।स्रोत :पोखरा महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0