काठमाडौँ ,माघ ६ गते
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी ललितपुरमा सुरु भएको छ। कार्यक्रम उद्घाटन गर्दै मन्त्रीज्यूले समुदायका हरेक क्षयरोगीको पहिचान र सफल उपचारमार्फत क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो। साथै, निर्माणको चरणमा रहेको नयाँ राष्ट्रिय क्षयरोग रणनीति (२०२६/२७-२०३०/३१) मा प्रभावकारी रुपमा कार्यान्वयनको कार्ययोजना ल्याउन र उपलब्ध स्रोतसाधनको उचित प्रयोग गर्न मार्गदर्शन दिनु भएको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भुवन पौडेलले वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको छ र २ दिनसम्म संचालन हुने सो कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको छ। यस गोष्ठीले कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौतीहरू पहिचान गरी आगामी वर्षका लागि ठोस समाधानका उपायहरू तय गर्ने उद्देश्य राखेको छ।स्रोत :Ministry of Health and Population-Nepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0