पोखरा ,माघ २६ गते

२० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ फागुन २ गते (शनिबार) आयोजना  हुने भएको छ।  को तयारी पूरा भएको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजनामा हुने उक्त म्याराथन (४२ किमि) सहितको २१ वटा इभेण्टको लागि आवश्यक तयारी पूरा भएको आज (सोमबार) पोखरा उधोग बाणिज्य संघको अमृतकक्षमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

 

यस वर्ष पोखरा म्याराथन अन्तर्गत ३ हजार ५ सय ६ जना धावकरुले नाम दर्ता गराएका छन्। खुल्ला म्याराथन ४२.१९५ किमि, राष्ट्रिय तथा प्रदेशस्तरीय म्याराथन, ४५ वर्ष माथिको म्याराथन, हाफ म्याराथन महिला–पुरुष, १० किमि दौड, विद्यालयस्तरीय ५ किमि दौड, भेट्रान्स, कर्पोरेट दौड तथा ‘रन फर फन’ समावेश गरिएको पत्रकार सम्मेलन मा जानकारी गरिएको हो। म्याराथनतर्फ प्रथम हुनेले रु ४ लाख, द्वितीयले रु २ लाख र तृतीयले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । चौथोदेखि आठौँ स्थानसम्मका खेलाडीलाई पनि नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, दूरी पूरा गर्ने सबै खेलाडीलाई ३ हजार ७ सय फिनिसर मेडल प्रदान गरिने अध्यक्ष गुरुङले त्रकार सम्मेलनमा जानकारी गराइएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0