
पोखरा ,चैत्र ७ गते
कालिका बहुमुखी क्याम्पसमा अनुसन्धानात्मक लेखन कार्यशाला सम्पन्न
कालिका बहुमुखी क्याम्पस अन्तर्गत शिक्षा विभागको आयोजनामा “अनुसन्धानात्मक लेखन कार्यशाला” शनिबार सम्पन्न भएको छ । क्याम्पसको सम्मेलन हलमा आयोजित उक्त कार्यक्रम शैक्षिक तथा अनुसन्धान अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक बिरन्जी गौतम प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने शिक्षा विभागका प्रमुख लोकनाथ सुबेदीले सभापतित्व गर्नुभएको थियो । प्रमुख अतिथि गौतमले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्दै यस्ता अनुसन्धानमुखी कार्यक्रमहरूले शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुसन्धान संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै शिक्षा विभागप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा क्याम्पसका १२ जना उप–प्राध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले आफ्ना–आफ्ना विषय क्षेत्रमा आधारित अनुसन्धान शीर्षक विकास, उद्देश्य निर्धारण, अनुसन्धान प्रश्न निर्माण तथा लेखनको प्रारम्भिक मस्यौदा तयार पार्ने अभ्यास गरेका थिए । कार्यशालामा सहभागीहरूलाई अनुसन्धान लेखनको आधारभूत अवधारणा, संरचना तथा प्रविधिबारे विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यशालामा स्रोत व्यक्ति एवम् शिक्षा बिभाग प्रमुख लोकनाथ सुवेदीले अनुसन्धान लेख के हो, किन लेख्ने, र यसको शैक्षिक तथा व्यावसायिक महत्वबारे स्पष्ट पार्दै लेखनका प्रमुख अवयवहरू—शीर्षक, सार (ब्दकतचबअत), प्रस्तावना (क्ष्लतचयमगअतष्यल), साहित्य समीक्षा (ीष्तभचबतगचभ च्भखष्भध), कार्यविधि (ःभतजयमययिनथ), नतिजा (च्भकगतिक), छलफल (म्ष्कअगककष्यल), निष्कर्ष (ऋयलअगिकष्यल) र सन्दर्भ (च्भाभचभलअभक)—बारे व्यावहारिक जानकारी दिनुभयो । उहाँले प्रभावकारी शीर्षक निर्माण, अनुसन्धान उद्देश्य र प्रश्न तयार गर्ने तरिका, अनुसन्धान अन्तर (च्भकभबचअज न्बउ) पहिचान गर्ने विधि तथा प्रमाणमा आधारित विश्लेषणात्मक लेखनका सीपहरू प्रस्तुत गर्नुभयो ।
त्यसैगरी, कार्यशालाका अर्का स्रोत व्यक्ति पुष्पराज तिमिल्सिनाले कार्यक्रमा सहजीकरण गर्दै सहभागीहरूलाई समूहगत तथा व्यक्तिगत अभ्यासमार्फत अनुसन्धान लेखन प्रक्रियामा सक्रिय रूपमा संलग्न गराउनुभयो । कार्यशालाको क्रममा सहभागीहरूले अनुसन्धान समस्या पहिचान गरी त्यसलाई शीर्षकमा रूपान्तरण गर्ने, अनुसन्धान प्रश्न तयार गर्ने तथा प्रस्तावना र साहित्य समीक्षाको प्रारूप निर्माण गर्ने अभ्यास गरेका थिए ।
कार्यशालामा अनुसन्धान लेखनलाई “सीप, प्रक्रिया र निरन्तर अभ्यास” का रूपमा लिनुपर्नेमा जोड दिइएको थियो । साथै, लेखनले सोचाइलाई परिष्कृत गर्ने तथा शैक्षिक पहिचान निर्माणमा सहयोग पु¥याउने विषयमा पनि चर्चा गरिएको थियो । कार्यक्रममा अनुसन्धानलाई प्रमाण, तथ्याङ्क र विश्लेषणमा आधारित हुनुपर्ने उल्लेख गर्दै साहित्य चोरी (उबिनष्बचष्कm) बाट बच्न र सन्दर्भ व्यवस्थापनमा एकरूपता कायम गर्न विशेष जोड दिइएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले आफूहरूले तयार पारेका अनुसन्धान लेखहरू प्बष्पिब व्यगचलब िया ःगतिष्मष्कअष्उष्लिबचथ क्तगमष्भकस् ब् उभभच–चभखष्भधभम व्यगचलब िको आगामी आठौँ अंकमा प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त जर्नल बार्षिकरुपमा कालिका बहुमुखी क्याम्पसबाट प्रकाशन हुँदै आएको छ ।
सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले सहभागीहरूको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । समापनका क्रममा सभापति तथा स्रोत व्यक्ति सुवेदीले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउनुहुने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अनुसन्धान लेखनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, निकट भविष्यमा फलोअप कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै सहभागीहरूलाई आफ्ना अनुसन्धान कार्यलाई प्रकाशनसम्म पुर्यानउन प्रेरित गर्नुभयो ।

