
पोखरा ,जेठ २२ गते
स्टेप बाई स्टेप मा.वि. मासबार, पोखरामा विश्व वातावरण दिवसको अवसरमा सचेतना ¥याली, सरसफाइ तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम विद्यालयमा क्रियाशील ग्रो सर्कल, क्वालिटी सर्कल र युवा रेडक्रसले संयुक्त रुपमा आयोजना गरेका थिए ।
ब्यानर र प्ले कार्डसहित कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरू सहभागी रहेको सचेतना ¥याली मालेपाटन र मासबारका विभिन्न स्थानहरुमा घुमी विद्यालयमा फर्केको थियो । विद्यालय परिसर र विद्यालय वरपरि सरसफाइ गरिएको थियो । विद्यार्थीहरूले विद्यालय प्राङ्गणमा विभिन्न जातका फूलका विरुवाहरू रोपेका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले वातावरण संरक्षणमा सचेतना बढाउन सहयोग पुग्ने महत्वपूर्ण कार्यक्रम आयोजना गरेकामा आयोजक सर्कलहरुलाई धन्यवाद दिनुभयो । उहाँले विद्यार्थीलाई वातावरण संरक्षण गर्ने जिम्मेवारी हामी सबैको भएकाले घर, घरवरपर र विद्यालय सफा राख्न र वृक्षारोपन गर्न आफ्नो ठाउँबाट क्रियाशील हुनका लागि सुझाव दिए ।
कार्यक्रममा विद्यालयका संयोजक सूर्यप्रसाद लम्साले केबल मानिसले मात्र वातावरण प्रदूषण गर्ने भएकाले प्रदूषण रोक्न र वातावरण संरक्षण गर्न पनि मानिस नै लाग्नुपर्ने बताए । कार्यक्रममा ग्रो सर्कलका उपाध्यक्ष राजवीर जैसवालले वातावरण सम्पूर्ण प्राणीको जीवन भएकाले यसको संरक्षण गर्नु हामी विद्यार्थीको पनि कर्तव्य हो भन्ने कुरा बताए ।
Highlight
- विश्व वातावरण दिवस
- स्टेप बाई स्टेप मावि मासबार
- पोखरा वातावरण संरक्षण
- सचेतना र्याली
- सरसफाइ कार्यक्रम
- वृक्षारोपण अभियान
- विद्यार्थी सहभागिता

