काठमाडौँ, जेठ २४ गते
काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थलमा बसेर माग्न नपाइने : वेवारिसे वा सहयोग आवश्यक हुनेलाई महानगरपालिकाले व्यवस्थापन गर्ने
सडक सहयोगापेक्षी व्यवस्थापनमा प्राप्त उपलब्धी र आगामी कार्यक्रमका बारेमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम
प्रवक्ता मानन्धरका अनुसार, २०७४ साल मंसिर १ गतेदेखि २०८३ साल जेठ २१ ग्ते सम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ । जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला हुनुहुन्छ । उमेरगत हिसाबले हेर्दा ५ वर्षसम्मका २ जना बालक र ८ जना बालिका गरी १० जना हुनुहुन्छ । ६ बर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना बालबालिका हुनुहुन्छ । १८ देखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ महिला गरी ६५३ जना वयस्क हुनुहुन्छ । ४० वर्षदेखि ५९ वर्ष सम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना हुनुहुन्छ । ६० वर्ष माथिका ५६० जना पुरुष, २८१ जना महिला गरी ८४१ जना हुनुहुन्छ ।
उद्धारपछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ ।स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0